सुनिल चौधरी
झुम्का,चैत्र २८ । एन.आई.सि एशिया बैंङ्कले रामधुनीको झुम्का बजारमा आईतवार देखि आफनो शाखा बिस्तार गरेको छ । बैंङ्कले हरेक सम्भावित बजार क्षेत्रमा आफना ग्हकलाई सेवा पं्रदान गराउने अभिप्रायले ८७ औ शाखाको रुपमा बिस्तार गरेको बैङ्कका कार्यकारी प्मुख लक्षमण रिसालले बताउनु भयो ।
प्रमुखका अनुसार सौहलियत ब्यादरमा बिपन्न बर्ग ऋण लगायत ब्यापारि,कृषकहरुलाई बिशेष सेवा दिने बताए । शाखा सञ्जाल,पुँजी संरचना,वासलातको आकार,गहक संख्याहरुको आधारमा एन.आइ.सि एशिया बैंङ्क निजि क्षेत्रको अग्रणी बैङ्कहरु मध्येमा पर्ने रिसालले बताए । यस बैङ्कले ४३ ओटा जिल्लमा शाखा बिस्तार गरीसकेको छ ।
बिभिन्न सौहलियत सुबिधा दिने उधेश्यले झुम्का शाखाको उद्धघाटन बैंङ्कका प्रमुख लक्षमण रिसाल र झुम्का उधोग बाणिज्य स.घ अध्यक्ष सगेन चौधरीले संयुक्त रुपमा गर्नु भएको हो ।