सुनिल चौधरी
ईटहरी,चैत्र २६ । साबिक रामधुनीभासि नगरपालिकाले पुर्ण सरसफाई वातावरण मैत्रि नगर सन् २०१७ सम्मा घोषणा गर्ने लिएको रणनिती अनुसार चरणबद्ध रुपमा अगाडि बढिरहेको छ । स्थानिय तहको पुनरर्सचना भए पश्चात बिभिन्न टोल बिकास घोषणा गर्ने क्रम्मा आज सुक्रवार रामधुनी वडा नं. १ सैनिमैनिका दुई टोल पुर्ण सरसफाई टोल घोषण गरेको छ ।
रामधुनिका कार्यकारी अधिकृत सुर्य प्रसाद गौतमले जुराई धामि र शिव मन्दिर टोल बिकासका अध्यक्षलाई प्रमाण पत्र हस्तान्तरण गर्दै आज सुक्रवारबाट घोषणा गरेको हो । सरसफाई नगर अनुगमनले चार चरणको अनुगमन गर्दै पाँच प्लस एक सुचक पुरागरेको पाइए पछि घोषणा गरेको हो । जुराई धामि टोलमा ३५ घरधुरी रहेको प्रतिवेदन प्रस्तुत गर्दै हस्तकला चौधरीले बताईन । जनसंख्यामा पुरुषको ७७ र महिलाको ८७ जना रहेको छ । त्यसैगरी शिव मन्दिर टोलमा घरधुरी ४४ रहेको छ भने महिला ९० र पुरुष ९१ ज्नारहेको कौहिला चौधरीको प्रस्तुत प्रतिवेदनमा उल्लेख रहेको छ ।
कार्यक्रमा सामाजिक बिकास शाखा प्रमुख हर्षलाल चौधरीले बोल्दै ९० प्रतिशत महिलाको सहभागीताले सरसफाई टोल घोषणा भईरहेको बताउनु भयो । त्यसैगरी कार्यक्रम्मा राजु शाह,दिलिप चौधरी,सरस्वति पौडेल,केशिलाल चौधरी,राजकुमार चौधरी,दिलिप चौधरी लगायतका बक्ताले घोषणा भएर हुदैन नियमित सरसफाई हुनुपर्नेमा जोड दिए । कार्यक्रम जुराई धामि टोलका अध्यक्ष अमित चौधरीको सभापतित्वमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen