सुनिल चौधरी
ईटहरी,चैत्र २६ । आदिवासि जनजाति युवा महाँ संघ केन्द्रिय कार्यसमितिको २६ गते सनिवारवाट ईटहरीमा चौथौ अधिवेशनसुरु हुदै छ । आदिवासी जनजातिहरुको हकअधिकारको सवालमा बिभिन्न मागराखि कार्यसमितिले सुक्रवार पत्रकार सममेलन गर्दै जनाएको छ ।
पहिचान अधिकार रोजगारी र एकताकोलागी हाम्रो सकृयता, आदिवासी जनजाति युवाहरुको साझा प्रतिबद्धता भन्ने मुलनाराका साथ जनजाति महाँ संघका केन्द्रिय अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यतामा हुने जनाएको छ । त्यैगरी अतिथीमा फुलमान चौधरी,राष्ट्रिय कबि राजन मुकारुङ्ग लगायतका अतिथीहरु उपस्थिीती रहने जनाएको छ ।अयोजकका अनुसार आवद्ध जातिय युवा संघका प्रतिनिधिहरु र पुर्व मेचि देखि महाकालि सम्म देशै भरीका पाँच सय आदिवासि जनजाति युवाहरुको सहभागीता रहने जनाएको । कार्यक्रम ईटहरीको बिरात राई यायेक्खा,तायाप्चिी बहु उध्ेश्यीय भवनको प्रङ्गनमा २६ गते खुल्ला सत्र २७ र २८ गते बन्द सत्र हुने आयोजकले जनाएको छ ।