रामधुनी,चैत्र २४ । रामधुनी नगरपालिकाको वडा नं. २ साबिक वडा नं ४ शिवनगर गाउँको एकै चोटी ६ वटा टोल बिकास बिहिवार पुर्ण सरसफाई वातावरण मैत्री घोषणा भएको छ । थारु बाुहल्य रहेको सो टोलहरुका सहभागीहरुले घोषणा कार्यक्रम्मा थारुको पौराणिक धुम्रानाच,भेष भुषामा आधुनिक नृत्य प्रस्तुतगरी भब्य तामझामका साथ घोषणा भएको हो ।
नगरका कार्यकारी अधिकृत सुर्य प्रसाद गौतमले ६ वटै टोल बिकास संस्थाका अध्यक्षहरुलाई सरसफाईको प्रमाण पत्र हस्तान्तरण गरीएको छ । साबिक गाबिस वडा नं. ८ बाट रामधुनीभासि वडा नं. ४ हाल रामधुनीनगरपालिका हुदा वडान नं. २ भएको सिवनगरगाउँका शिव आदर्श,कामत टोल,शिवसक्ति,महालक्ष्मि,फुलवारी,प्रतिज्ञा टोल बिकास सरसफाईको पाँच प्लस एक सुचक पुरागर्दै घोषणा भएको हो ।
शिव आदर्शटोलमा घरधुरीको संख्या ६०, कामत टोलमा ६५, शिवसक्ति टोलमा ३७, महालक्ष्मिमा ४१, फुलवारीमा ३२ र प्रतिज्ञा टोबिसमा घरधुरीको संख्या ३१ रहेको छ । यस मध्येमा ८५ प्रतिशत सबै घरधुरी पुर्ण सरसफाईको सुचक पुरा गरेको प्रतिवेदन प्रस्ततु गर्दै वडा संयोजक अनन्तराम चौधरीले बताए । कार्यक्रम्मा सोहि टोबिसका जेष्ठनागरी मुनरी देबि चौधरी,मधुरबति थरुनी,पुर्णी चौधरी र भौसाईन देबि चौधरीलाई दोसल्ला ओढाई प्रमुख अतिथी गौतमले सम्ममान गरे । त्यसैगरी सबै भन्दा बढि र नियमित रुपमा गर्दै आएको सरसफाई भएको घरलाई पनि सरसफाईका सामानले सम्मान गरेको छ ।
वल्र्ड भिजन ईन्टरनेश्नल सुनसरी मोरंग क्षेत्रबिकासको सहयोगमा युथ क्रिएशन सुनसरीको सहकार्यमा कामत टोल बिकास संस्थाका अध्यक्ष रामकुमारी चौधरीको सभापतित्वमा भएको सो घोषणा कार्यक्रम्मा अधिकृत गौतमले नगरवासिको चाहना अनुसारनै बिकासका काममा नगरपालिकाले सहयोग गर्ने बताए । त्यसैगरी सामाजिक किबास शाखा प्रमुख हर्षलाल चौधरी,सरसफाई सचिवालय नगर संयोजक संकलाल चौधरी,सरसफाई अनुगमन नगर संयोजक सरस्वती पौडेल ,युथ क्रिएशन सुनसरीका अध्यक्ष जितेन्द्र नायक त्यसतै फागुलाल चौधरी,झनक कार्कीले उपस्थितहरुमा सरसफाईमा निरन्तरतालागी सुझाव दिनु भयो ।

Photo3558Photo3556

  Photo3560 Photo3561 Photo3562 Photo3563 Photo3564 Photo3565

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen