झुम्का,चैत्र २३ । थारु महिला सभाको रामधुनी नगरमा सिता चौधरीको अध्यक्षतामा ११ जनाको पहिलो अधिवेशनबाट नगर कमिटि बुधवार गठन भएको छ । थारु कल्याण कारीणी सभा केन्द्रिय सल्लाहकार रामराज चौधरीको प्रमुख आतिथ्यतामा सर्बसहमतिबाट चयन गरेको हो ।
समितिमा उपाध्यक्ष,सचिव,सह सचिव र कोषध्यक्षमा क्रमश रेखा,रेनुका,संगीता र रामकुमारी चौधरी रेहेकी छिन् । त्यसैगरी सदस्यहरुमा बेनु माया,जानकी,लक्ष्मि,बबितिा,गायत्रि र सबिता चौधरी चयन गरेको छ । त्यसैगरी सल्लाहकारमा बबिता चौधरी रहेकि छिन् । कार्यक्रम्मा प्रमुख अतिथी चौधरीले थारु जातिको हक अधिकार संरक्षण,भाषा,संस्कृति जर्गेना फजुल खर्च कटौती र अन्ध बिश्वास समाजबाट हटाउनु पर्ने लगायतका कुरामा जोड दिनु भयो । वहाँले थारु समाजमा शिक्षाकोकमिकारण अहिले थारु बसोवास रहेको क्षेत्रहरु चारैतिरबाट अतिक्रमण प्रति दुख ब्यक्त गर्नु भयो । थारु महिला सभा सुनसरीका अध्यक्ष शुसिला चौधरीको अध्यक्षतामा भएको कार्यक्रम्मा सभाका केन्द्रिय सदस्य उर्मिला चौधरी थारु महिला सभा इटहरीकी अध्यक्ष शुसिला लेखि,नेपाल आदिवासि नजजाती महा संघ रामधुनी नगरका अध्यक्ष तथा थारु कल्याण कारीणी सभा रामधुनीका अध्यक्ष राजकुमार चौधरी, फोनिज सुनसरीका अध्यक्ष धिरेन्द्र चौधरी,थारु पत्रकार संघ सुनसरीका कुल्दिप चौधरी,रामधुनी एफ.एमका नबिन चौधरी लगायतका बक्ताले थारु महिलाहरु संगठित हुनुपर्ने कुरामा जोड दिए । कार्यक्रम्मा नव निर्वाचित सिता चौधरी र कोषाध्यक्ष रामकुमारी चौधरीले महिला हककोलागी शसक्त रुपमा लाग्ने बताए ।