झुम्का,चैत्र १९ । रामधुनी नगरपालिका वडा न ५ सान्ति टोल बिकास आज पुर्ण सरसफाई घोषणा भएको छ । युथ क्रिएशन सुनसरी र वल्र्ड भिजनको सकार्यमा भएको कार्यक्रम्मा नगपालिकाका सामाजिक बिकास शाखा प्रमुख हर्षलाल चौधरीले प्रमाण पत्र हस्तान्तरण गर्दै घोषणा गरेको हो ।
घोषणा कार्यक्रमम प्रमुख अतिथी हर्षलाल चौधरीले मनत्बय दिदै पुर्ण सरसफाई सम्बनिध,नगरका चुनौति,सफलता र समस्याकाबोरमा बताउनु भयो । कार्यकक्रम्मा युथ क्रिएशनका अध्यक्ष जितेन्द्र नायक,सरसफाई सचिवालय सदस्य झनक कार्की त्यसैगरी एक नाथ निरौला कृषण ओझा अम्बिका रिजाल लगायतकाले सरसफाईकाबारेमा बोलका थिए । सो टो. बि.स.मा १ सय ३१ घर धुरी रहेको छ भने सबैघरधुरीमा सौचालय रहेको छ । कार्यक्रम ईश्वरी प्रसाद पोख्रेको अध्यक्षतामा सम्पन्न भएको हो । त्यसैगरी सहकार्यमा रामधुनी नगरपालिका,खानेपानि तथा सरसफाई स्वच्छता समन्बय नगर समिति,खानेपानि तथा सरसफाई वडा समिति,वातावरण मैत्रि स्थानिय शासन समितिको रहेको थियो ।