झुम्का,चैत्र १९ । रामधुनी नगरपालिकाले सुक्रवार आयोजना गरेको कार्यकारी अधिकृत स्वागत तथा बिदाई कार्यक्रम्मा नि.बर्तमान अधिकृत प्रमोद चौधरी मन्तब्य दिने क्रम्मा भावुक हुदा उपस्थित सबै नगरवासी पनि भावुक भए । कार्यक्रम्मा नगरका बिकासका काम तथा आफनो कार्यकाल सम्मको गतिबिधि प्रस्तुत गर्ने क्रम्मा सुरुमै भावुकहुदा मन्तब्य केहिछन् रोकी फेरी मनतब्य सुरु गर्नु भएको थियो ।
चौधरी सप्तरीको छिनमस्ता गाउँपालिकामा सरुवा भएको हो । रामधुनी नगरपालिकामा चौधरी २६ महिना कार्यरत रहदा बिकासका काममा गति लिदा निकैनै चर्चामा रहे । सबै नगरवासीलाई आफनै परिवारको सदस्य मानि कामगर्दा बिशेष वहाँ बिपन्न परिवार,पछाडि परेका समुदाय लाई बढि ध्यानमा राखे । सबैलाई सम्मान ब्यवहार गर्ने चौधरी रामधुनिको बिछोडमा आँशु नै झारे भने नगरवासीहरु कार्यक्रम अवधिभर भावुक बनेको थियो ।Photo3500

………………..सुनौ वहाले हिजो नगरवासिको नामममा गरेको भावुक सम्बोधन…………..

………………..यतिखेर वहाँ भावुक भई आँशुनै झारनु भयो………….
………………..अहिले सुन्नु भयो रामधुनी नगरपालिकाले आयोजना गरेको नि बर्तमान अधिकृतको बिदाई कार्यक्रममा नगरवासिमा अधिकृत प्रमोद चौधरीले गरेको सम्बोधन………..

चौधरी नगर बिकासका काममा कार्यालयको समय पछि बाँकि समयमा पनि दिनरात आफै उपस्थिती भएर योजना समयमा सफल बनाउने कार्यप्रति नगरका स्थानिय राजनितिकदल,समाज सेवि,बुद्धिजिवी,संघ संस्था,नगरवासीले बिदाई गर्दै सम्मान गरेको छ । चौधरी आफनोे कार्यकालमा रामधुनी नगरलाई बिकासको काममा उच्चमा पुरयाउदै सबै नगरवासीमा नगरपालीकाको महसुस गराएकाले कामको राम्रो मुल्याङ्कन रहेको राजनितिदलका तर्फबाट मन्तब्य दिदै केशिलाल चौधरीले बताए । चौधरीको सरुवाले परिवारबाट सदस्य छुटे जस्तै अनुभव भएको आदिवासी जनजाती माहाँ संघ नगर अध्यक्ष राजकुमार चौधरीले बताउदै नगरमा एैतिहासि कामगरेकोमा प्रसंसा गर्नु भयो ।
कार्यक्रम्मा प्रसंसै प्रसंसा बटुलेको अधिकृत चौधरीले सबै राजनितिकदल,कर्मचारी,संघ संस्था,नगरवासी तथा पत्रकार लगायत सबैलाई आदर सम्मानका साथ धन्यवाद दिदै बिदा भए । नगरमा नयाँ कार्यकारी अधिकृतका रुपमा शुर्य प्रसाद गौतम कार्यलय सम्हालि सकेको छ । गौतम यस भन्दा पहिले संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयमा कार्यरत रहनु भएको थियो ।

 Photo3497 Photo3499 Photo3486

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen