झुम्का,चैत्र १८ । झुम्कामा बिहिवार देखि नेतृत्व बिकास तथा क्षमता अभिबृद्धि तालिम सुरुभएको छ । संघ संस्था तथा संगठनमा युवा नेतृत्वकालागी जनभावना बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ३ दिने तालिम सुरु गरेको हो ।
जनभावना सहकारीका अध्यक्ष श्याम श्रेष्ठको सभापतित्वमा सुरु भएको तालिममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु २५ जनाको सहभागी रहेको छ भने अधिवक्ता शिवराज चौहान र उपेन्द्रकुमार नेपालले सहजीकरण गरीरहनु भएको छ ।
महिला तथा जनताहरुलाई राज्यले धेरैनै अधिकार दिएको अवस्थामा अधिकार पहिचानकालागी यो तालिम आवस्यक रहेको तालिमको उद्धघाटन कार्यक्रम्ममा संचालक समितिका सदस्य नारायण काफलेले बताए । कुनै ब्यक्तिमा नेतृत्व बिकास तथा क्षमता अभिबृद्धि भैसकेपछि उस्ले आफनो अधिकार आफैले खोज्न सक्ने क्षमता हुने भएकोले नेतृत्व बिकास तालिम आवश्यक रहेको समेत काफलेले बताए । त्यसैगरी कार्यक्रममा बोल्दै अम्बिका रिजालले सहकारीहरुको समन्बय हुन नसकेको बताए । समाज समृद्धिकालागी युवा नेतृत्व आवश्यक रहेकाले युवाहरु यस किसिमका तालिम लिनु जरुरीरहेको पत्रकार सुनिल चौधरीले बताए । तालिम चैत्र १९ गते समापन हुने आयोजकले बताए ।

Photo3476Photo3477  Photo3479

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen