झुम्का,चैत्र ५ । पूर्व पश्चिम राजमार्गको तित्रिवनमा बुधबार राती साइकल यात्रुलाई ठक्कर दिई फरार भएको गाडी अझै सम्म प्रहरीले पक्राउ गर्न सकेका छैनन् । राति साढे आठ बजेका समयमा कामगरेर घर तर्फ गईरहेका मिचैर्याका सुवन चौधरीलाई दुर्घटना गराई पुन ः गाडी ब्याकगरी ठक्कर दिई शरिरलाई छतबिछत गराई फरार रहेको छ । यस अवस्थामा पनि जिल्ला प्रहरी कार्यालय,ईलाका प्रहरी कार्यालय कुनै चासो नदेखाएको अवस्था रहेको छ । अहिले पनि दुर्घटना गराई फरार रहेको गाडी पत्तालागन नसक्दा मृतक परिवारमा पिडा थपिएको छ ।
घटना बिबरण अनुसार पश्चिमबाट पुर्वतर्फ आईरहेको मालबाहक फुल डाला भएको ट्रक अनियन्त्रित भई राजमार्ग तल गई साईकलमा सबार दुई जना यात्रीलाई ठक्कर दिदा एकजनाको घटना स्थलै मृत्यु भएको थियो भने एक जना घाईते भएका छन् । मृतकको शवको पोष्ट मार्टमकालागी धरान स्थित बी.पी.कोईराला स्वास्थय बिज्ञान प्रतिष्ठानमा गरीएको छ भने घाईतेको उपचार त्यही अस्पतालमा गराई घर फर्केका छन् । मृतक डुम्राहा ५ बस्ने नेवालाल चौधरीको छोरा करीब २० बर्षीय सुवन चौधरी रहेका छन् भने घाइते सोही ठाउ बस्ने सूरज चौधरी रहेका छन् । घटनाका पीडित परीवारका अनुसार गाडी पत्तालगाई कार्वाहि गर्न माग गरेको छ । यता प्रहरीले झिनो आस देखाउदै आबश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen