झुम्का,चैत्र १ । नेपालिहरुको महान् पर्व होली सोमवार बिहानैदेखि तराईका पूर्वी क्षेत्रमा उत्साहका साथ मनाएको छ । सामाजिक सद्भाव अभिवृद्धि गर्नु, सबै खुसियालीपूर्वक होली मनाउनु, विगतका वैमनस्यतालाई बिर्सेर नयाँ सम्बन्ध बनाउनु नै यस पर्वको मुख्य उद्देश्य रहेको छ । आज बिहानैदेखि सुनसरीको ग्रामीण क्षेत्रका साथै झुम्का बजारमा धुमधामका साथ विभिन्न रङका साथ पर्व मनाइएको छ ।
झुम्का बजारमा तथा सहायक सडकहरुमा युवायुवतीका साथै सर्वसाधारण आ–आफ्ना चिरपरिचितसँग एकापसमा अबिर दलेर होली खेलेका छन् । छठ पर्वमा ठेकुवाको महत्व हुन्छ भने होली पर्वमा मालपुवा र दालपुरीको विशेष महत्व हुन्छ । होली पर्व मनाउनेहरु अनिवार्य रुपमा मालपुवा पकाएर घरको देउतालाई चढाउने गर्छन् ।यस पर्वमा अधिकांश व्यक्तिहरु मासु पकाएर खाने गर्छन् । सो कारणले झुम्का बजारका विभिन्न टोलका साथै चोकचोकका मासुपसलमा उपभोक्ताको भिड लागेको थियो ।पहाडी जिल्लामा फागुपूर्णिमाका दिन अर्थात् हिजो होली खेलेर होलीका दहन गरी पर्व सम्पन्न गर्छन् भने तराईका जिल्लामा फागुपूर्णिमाका दिन अर्थात् बेलुकीको समयमा होलीका दहन गरी बिहान होली पर्व मनाउने गरिएकाले आज यो पर्व मनाइएको हो ।
त्यसैगरी रेडियो रामधुनीले सुनसरीको बिभिन्न स्थानबाट रेडियो होलि बिशेष प्रत्यक्ष प्रसार गरेको छ । होली बिशेष कार्यक्रम २०७३ सबैले सभ्य र भब्यताका साथ मनाउ जनचेतना सहित सुनसरीको झुम्का,ईटहरी,ईनरुवा,महेन्द्र नगर त्यसैगरी रामधुनी नगरपालिकाको झुम्का बजारका बिभिन्न ठाउँ चौक,बक्लौरीको मैनि गाउँ,सिंगीया खण्डको लालपुर,डुम्राहा खण्डको मिर्चैया डुम्राहा गाउँबाट प्रत्यक्ष प्रसारण गरेको थियो । प्रत्यक्ष प्रसारणकालागी झुम्का बजारका १३ वटा पसलहरुको प्रायोजक रहेको थियो ।