प्रकाशपुर,फागुन १८ । परम्परागत पेशालाई संरक्षणकालागी  मंगलवार माझि समुदायले महेन्द्रनगर स्थित कोशी पुजा समपन्न गरेको छ । प्रत्येकसाल फागुनको तेस्रो हप्ताको मंगलवार मनाउने कोशी देबिलाई पान प्रसाद चढाई कोशीपुजा गरेको हो ।
नेपाल माझि उत्थान संघ जिल्ला कार्य समितिको आयोजनामा परम्परागत पेशाको रुपमा रहेको डुंगा ख्याउने,माछा मार्ने,पशुपालन गर्ने यी मुख्य पेशामा समस्या नआओस भनेर बोकाँ,परेवा, कुखुरा,माछा, सुगुर चढाई पुजा गर्ने चलन रहेको जिल्लाका पुर्व सचिव घनश्याम माझिले बताउनु भयो । डुंगा ख्याउने क्रममा अनिष्ट नहोस,जलमा फोहोर गरीरहदा त्यसबाट मुक्ति पाउनकालागी जल देबि तथा कोशी महारानिलाई खुशि पार्न पुर्वाञ्चल भरिका माझि समुदाय कोशीमा पुजा गर्ने सह सचिव सरोज माझिले बताए । पुजाको अवसरमा समुदायमा एकआपसमा सुभकामना आदान प्रदान समेत गरीन्छ । राज्यकै कारण माझि समुदायको पेशा संकटमा पर्न थालेको केन्द्रिय उपाध्यक्ष बिर बहादुर माझिले बताए । राज्यले अल्पसख्यकलाई हेपेर शासक बर्गले आफुमात्र बर्चस्व रहने र मालिक बन्ने प्रबृतिले उठाएका मुद्धालाई सम्बोधन गर्न नचाहेको अरोप लगाए ।
जिल्ला कार्य समितिका अध्यक्ष लोक बहादुर माझिको सभापतित्वमा भएको कार्यक्रम्मा आदिवासि जनाजाती महा संघ जिल्ला सुनसरीका अध्यक्ष रामकुमार राई,त्यसैगरी शक्तिमान राई,सरोज माझि लगायतका अतिथीहरुले माझि समुदायको कोशी पुजालाई राष्ट्रिय पर्व मानि राज्यले एक दिन सार्वजानिक बिदा दिनु पर्नेमा जोड दिएका थिए । माझि समुदाय अल्प संख्यकमा रहेको छ ।

Photo3320 Photo3329Photo3309 Photo3312  Photo3321 Photo3328

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen