बडहरा, फागुन १७ । मोरंगको शिसवनी बडहरा गाबिसमा बाल संरक्षण तथा बाल विवाह न्युनीकरणकालागी दुई दिने तालिम सम्पन्न भएको छ । शिसवनी बडहराका सरोकारवाला तथा साँझेदार पक्षहरुलाई फाल्गुन १५ र १६ गते तालिम सञ्चालनगरी बालबिवाह मुक्त गाबिस बनाउने हस्ताक्षरित प्रतिबद्धतामा समेत जनाएको छ ।
गाउँबाल संरक्षण तथा सम्वद्र्धन समिति र शिसवनी बडहरा गाबिसको आयोजनामा काउडेक बिराटनगर मार्फत वल्र्ड भिजनको सहयोगमा राज्यले लिएको लक्ष्य बालबिवाह न्युनिकरण अभियानलाई सार्थक बनाउन सो गाबिसका झेदारहरुलाई बाल संरक्षण का बारेमा आधारभूत जानकारीहरु गराई बाल संरक्षणका घटनाहरु न्युनिकरणकालागी तालिम दिईएको कार्यक्रम बिकास संयोजक प्रकाश भट्टले बताउनु भयो ।
तलिममा सहभागी राजनितिक दल,समाजसेवी,शिक्षक,स्थानिय संस्था र प्रहरीहरुले बाल संरक्षण र वाल संवेदनशिल्ता अभिबृद्धि सम्बन्धि ६ बुद्धे घोषणा पत्रमा हस्ताक्षरगरी प्रतिबद्धता जनाएको छ । घोषणा पत्रको बुद्धाहरुमा २०७३ फागुन १६ गते पछाडी वाल विाह मुक्त गाबिस बनाउने अभियानमा कृयाशिल रहने त्यसैगरी बाल यौन शोषण,बालश्रम,राजनैतिक कृयाकलाप लगायतका कार्यमा प्रयोगको न्युनिकरण गर्ने लगायतका बालअधिकार संरक्षण गर्ने बुदाहरुमा हस्ताक्षर गरीएको हो । तालिम गासिको सभाहलमा भएको थियो भने दुई दिन सहजिकरण पेसल खतिवडा र प्रकाश भट्टले गरेका थिए ।