झुम्का,फागुन १४ । आदिवासी जनजाती महाँसंघ रामधुनीभासि नगर समन्बय समितिको भवन निर्माणकालागी सुक्रवार शिल्यानास गरेको छ । शिवरात्रिको अवसरमा रामधुनीभासि वडा नं. ६ स्थित दानमा प्राप्त ०–०–१० धुर जग्गामा रामधुनीभासीका कार्यकारी अधिकृत प्रमोद कुमार चौधरीले शिल्यानास गरेको हो ।

Photo3301
सिंगीयाका स्वर्गीय कन्तलाल चौधरीको स्मृतिमा उहाँकी श्रीमति आशावती थरुनी तथा छोरा बुहारीले सिंगीया वडा कार्यलय नजिकै रहेको जग्गा दान गरेको हो । सिल्यानास कार्यक्रम संगै जग्गा दातालाई अधिकृत चौधरीले कदर पत्र र दोसल्लाहले सम्मान गरेको छ । आदिवासि जनजातीहरुको संस्कृति प्रवद्धनकालागी सो जग्गामा सामुदायीक भवन निर्माणगरी संग्राहलय बनाउने महाँसंघ रामधुनीभासि नगरका अध्यक्ष चौधरीले बताए । रामधुनीभासीमा आदिवासिहरुकोलागी राज्यले छुट्याएको रकम र जनसहभागीताको सहयोगले दुईतल्ले भवन निर्माणगरी नेतृत्व बिकास,क्षमता बिकास,संग्राहलय लगायतका कला संस्कृति संरक्षणकालागी प्रयोगमा ल्याउने अध्यक्ष चौधरीले बताए । सम्मान कार्यक्रममा जग्गा दातालाई नगरवासीले दृश्य देउताको रुपमा सम्मान गर्नु पर्ने भन्दै संकरलाल चौधरी,शुरेन्द्र चौधरी,सिता चौधरी,नारायण प्रसाद कोईराला,राजेस चौधरी,बिपलब अधिकारीले मन्तब्य दिदै सम्मान गरेका थिए ।

Photo3296 Photo3300Photo3304

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen