झुम्का,फागुन १४ । गेरखा भुतपुर्व सैनिक संघ(गेसो)ले अधिकारकालागी बिभिन्न १४ बुद्धे मागराखि शान्ति पुर्ण आन्दोलनको घोषणा गरेको छ । सरकारले गोरखा सैनिकहरुलाई नागरीक्ता,तिनका सन्तानहरुलाई सबैखालका अधिकारको ग्यारेन्टि गरिनुपर्ने मागराखी ईटहरीमा सुक्रवार पत्रकार सममेलनगरी थप आन्दोलनमा जाने घोषणा गरेको हो ।
पत्रकारहरुको भेटघाटमा सरकारले किन माग पुरा गर्दैन्न पत्रकारहरुको प्रश्नमा गेसो केन्द्रिय समितिका अध्यक्ष कृष्ण कुमार राईले जवाफ दिदै आदिवासी जनजाती भएकै कारण गोरखा भुपु सैनिक बिभेदमा परेको बताए । राईका अनुसार गोरखा भुपु सैनिकमा सबै आदिवासी जनजातीहरु रहेकाले राज्यको मुलधारबाट बाहिरै राख्ने उधेश्यले राजनितिकीकरण गरीरहेको बताए । आदिवासीहरु अधिकार पाउदा शासक बर्गले शत्ताबाट हाथ धुनु पर्ने अवस्था आउन सक्ने सोचकाकारण गोरखा भुपु सैनिकहरुको माग सरकारले पुरा गर्न नचाहेको बताए ।
पहिलो चरणको आन्दोलन उत्साहजनक जागरण र कानूनी संघर्षको थालनी र दोस्रो चरणको आन्दोलन अभूतपूर्व कानूनी संघर्ष तथा गोरखा सैनिकको भौतिक विजयी भएको बताउँदै उहाँले अबको आन्दोलन बेलायत र नेपाल सरकारविरूद्ध गोरखाको सूचनाको हक, गोरखाको संस्कार संस्कृतिको विनास, दोहोरो नागरिकता, सेवा सुविधा, गोरखा भर्तिको वैधानिकता तथा नेपाल र नेपालीको राष्ट्रिय स्वाभिमानको लडाई लड्ने अध्यक्ष राईले उद्घोष गर्नुभयो । गोर्खा सैनिकहरूका १४ बुँदे सरोकारका मुद्दाहरूलाई बुँदागत गर्दै त्यसलाई स्थापित गराउन गेसो आन्दोलनमा उत्रिएको उपाध्यक्ष मणि कुमार वान्तावाले बताउनुभयो ।