झुम्का, फागुन १३ । फागुन कृष्ण त्रयोदशीका दिन आज शुक्रवार पशुपतिनाथ लगायत मुलुकका सवै शिवालयमा शिवको आराधना गरी महाशिवरात्रि पर्व मनाइँदैछ। छिटै प्रसन्न हुने स्वभावका आशुतोषका रुपमा वर्णित देवादिदेव महादेवको यस दिन स्तुती गर्नाले मनोकाङ्क्षा पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता रही आएको छ।
पशुपतिनाथ, सुनसरीको रामधुनी मन्दिर, धनकुटाको नागेश्वर, भोजपुरको बहेरेश्वर, सङ्खुवासभाको बानेश्वर महादेव, खोटाङ्को हेलेसी, लगायतका शिवालयमा उल्लासका साथ महाशिवरात्रि पर्व मनाइँदैछ । सुनसरीको रामधुनी मन्दिरमा आज भब्य मेला समेत लाग्ने रामधुनी संरक्षित बन परिषद समितिका सदस्य महेन्द चौधरीले बताए । महेन्द्र चौधरीका अनुसार भत्तजनहरुको लागी मेला तथा मन्दिर परिसरमा ब्यवस्थित गरीएको जनाएको छ ।