सिसवनी बड्हरा,फागुन ५ । मोरङको सिसवनी बडहरा गाबिसमा पुर्ण सरसफाईकालागी अभियान सुरु गरेको छ । खानेपानी तथा सरसफाई स्वच्छता समन्बय समितिको अयोजनामा गाबिस सिसवनी बडहरा, वल्र्ड भिजन ईन्टर नेशनल नेपाल मोरङ–सुनसरी र बुहउध्ेश्यीय बिकास ब्यवस्थापन सेवाको सहयोगमा चार चरणको अभिमुखिकरण दिदै अभियान सुरु गरेको हो ।
पुर्ण सरसफाईको अभियानको कार्यक्रममा चार चरणको अभिमुखिकरण बिहिवार गाबिसको सभाहलमा सम्पन्न गरेको हो । अभियानको सुरुमा नागरीक वडा मञ्च, राजनितिकदल, खानेपानि तथा सरसफाईका सदस्य,स्वयम सेविका र स्वस्थ्यकर्मिहरुलाई अभिमुखिकरण गराई गाउँ टोलमा अभियान चलाउने कार्यक्रम बिकास संयोजक प्रकाश भट्टले बताए । सरसफाईमा सहजिकरण गरीरहनु भएका भट्टले सो गाबिसको सरसफाईको अवस्था, राज्यको नितिनियम,पाँच प्लस एक सुचक समबन्धि लगायतका सरसफाईका बारेमा जानकारीगराई रहेका छन् । भट्टका अनुसार रामधुनीभासि नगरपालिका जस्तै यस गाबिसमा पनि सरोकारवाला पक्षले चासो लिएको बिषय बस्तु रहेको बताए । सिसवनी बड्हरा यस भन्दा पहिले खुल्ला दिशा मुक्त गाबिस घोषण भई सकेको अवस्था रहेको छ ।