ईनरुवा,फागुन ५ । डुम्राहा ५ अवस्थित रहेको सिग्द्धेश्वर शिव मन्दिरमा बिहिवार देखि सप्ताह ब्यापि ज्ञान महायज्ञ सुरुभएको छ । महा यज्ञको उद्धघाटन माननीय यातायात तथा भौतिक निर्माण राज्य मन्त्रि सिताराम मेहताले उद्धघाटन गर्नु भएको हो । सो अवसरमा उहाँले पबित्रकाम मेरोहातबाट उद्धघाटन भएकोमा खुसिब्यक्त गर्नु भयो । उहाँले देश अहिलेपनि संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेकोले सबै नागरीक एक जुट भएर अगाडी बढनुपर्र्ने बताउनु भयो । राज्य मन्त्रि मेहताले स्थानिय निकायको निर्वाचन र संबिधान संसोधन संगसंगै हुनेकुरा जोड दिदै अन्तिममा सबै कार्यमा सहमति र सहकार्यहुने बिश्वास ब्यक्त गर्नु भयो ।
सिद्धेश्वर शिव मन्दिर सेवा समितिका अध्यक्ष प्रदिप पिठाकोटेको अध्यक्षतामा भएको सो कार्यक्ममामा कालि प्रसाद सुवेदिले मन्दिरको ईतिहासको बारेमा बताउनु भयो । महाँ यज्ञमा देवदुत शान्तिका प्रतिक भागवत वाचक पण्डित श्री सहदेव ढकालले कथा वाचन गर्ने कार्यक्रम रहेको छ । यस अघि स्थानिय सयौ महिलाहरुले कलशमा दतकिचा खोलको जल भरी गाउँ परिक्रमा गरेर मन्दिरको प्राङ्गनमा बिर्संजन गरेका थिए ।