रामधुनीभासि,फागुन ३ । रामधुनीभासि नगरपालिकाले सामाजिक सुरक्षा भत्ता लिईरहेका लक्षित बर्गलाई फागुन ४ गतेबाट बैङ्कमा खाता खोल्न सुचना जारी गरेको छ । सामाजिक सुरक्षा भत्ता लिईरहेका जेष्ठ नागरीक अन्य,दलित जेष्ठ नागरीक,बिधुवा,अशक्त अपाङ्ग तथा पुर्ण अपाङ्ग साथै बालबालिका पोषण भक्ता दलितबालबालीकाहरुको बैङकी खाता खोल्न सुचना गरेको हो ।
कर्मचारीको आन्दोलनका कारण स्थानिय निकाय तिन दिन देखि ठप्प रहेपनि रामधुनीभासि नगरपालिकाले लक्षित बर्गलाई बैंकमा खाता खोल्ने कार्यमा अबरोध नहुने कार्यकारी अधिकृत प्रमोद कुमार चौधरीले बताए । बैङ्क संग सम्झौता भईसकेकाले खाता खोल्न कुनै कठिनाई नरहेको भन्दै केहिकार्य भए कार्यलय परिसर बाहिरबाट पनि सेवा दिने अधिकृत प्रमोद चौधरीले बताए । नगरवासिलाई समयमै खाता सञ्चालनगरी भक्ता प्राप्त गर्न गराउन सबैमा समेत अधिकृत चौधरीले अनुरोध गरेका छन् ।
खाता खोल्न जेष्ठ तथा बिधुवाको हकमा नागरीक्ताको प्रमाणपत्र सक्कल र फेटोकपि त्यसैगरी पासपोर्ट साईजको दुई प्रतिफोटो,संरक्षकको नागरीक्तको फोटोकपि र फोटो लाग्ने सुचनामा उल्लेख रहेको छ । त्यसतै बालबालिकाको हकमा बच्चाको जन्म दर्ताको फोटो कपि,फोटोदुई प्रति र बुबा आमाको नागरीक्ता फोटोकपि लिएर नगरपालिकाको कार्यलयमा सम्पर्क गर्न कार्यकारी अधिकृत चौधरीले बताए ।
वडा नं १ कालागी फल्गुन ४ गते, वडा नं २ कालागी ५ गते, वडा नं ३ कालागी ६ गते, वडा नं ४ कालागी ८ गते, वडा नं ५ कालागी ९ गते, वडा नं ६ कालागी १० गते, वडा नं ७ कालागी ११ गते, वडा नं ८ कालागी १२ गते, वडा नं ९ कालागी १५ गत र वडा नं १० कालागी १७ गते कार्यलय समयमा सम्पर्ककालागी सुचनामा उल्लेख रहेको छ । खाता खोल्न छुट भएमा भक्ता प्राप्त नहुने ब्यहोरा समेत जानकारी गराएको छ । गत आ.ब. २०७३÷७४ श्रावण देखि कार्तिक मसान्त सम्म बिधुवा, दलित बालकालिका तथा अशक्त अपाङ्ग बालबालिकाहरुले पनि दोस्रो चौमासिक देखि भत्ता पाउने हुदा खाता खोल्न आवहान गरीको हो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen