valentines-day-03सुनिल चौधरी

रामधुनीभासि,फगुन ३ । आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे । युवक र युवतीले आपसमा प्रेमको पहिलो प्रस्ताव राख्ने तथा प्रेममा बाँधिइसकेकाहरूले आपसमा उपहार आदानप्रदान गरेर प्रेम सम्बन्ध अझ प्रगाढ बनाउने दिन । युवापुस्ता महिनौँ वा वर्षौँदेखि गर्न नसकिएको प्रेम प्रस्ताव गर्न यस दिनलाई कुरेर बस्ने गरेको पनि पाइन्छ । पछिल्ला वर्षमा नेपालमा पनि युवापुस्ताले भ्यालेन्टाइन डेलाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिन थालेका छन् । ‘भ्यालेन्टाइन डे’ को रौनक नेपालमा एक दशकयता अत्याधुनिक प्रविधिले ह्वात्तै बढाएको छ । नजिकै भए भेटेर रातो गुलाब र ग्रिटिङ्स कार्ड थमाउने, टाढा भए इमेल र च्याट, मोबाइलको एसएमएस त छँदैछ । यतिमात्र होईन सञ्चारमाध्यम स्वदेशी तथा विदेशी टेलिभिजन च्यानल, सयौँ एफएम रेडियो र छापाहरूको माहौल पनि भ्यालेन्टाइन डेकै पक्षमा बोलिरहेको हुन्छ ।
भ्यालेन्टाइन डेको सुरुवात सन् २६९ मा रोमनबाट शुरू भएको मानिन्छ । तेस्रो शताब्दीका रोमन शासक सम्राट क्लाउडियस दोस्रोका पालामा देशवासीलाई सैन्य भर्तीका लागि उर्दी जारी भयो । नारीसँगको सम्बन्धका कारण सैनिक कमजोर हुने ठहर गर्दै सम्राट्ले प्रेम र विवाहमा रोक लगाए । तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यस अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे र थुप्रै सैनिकलाई वैवाहिक सूत्रमा बाँधिदिए ।

15आफ्नै अभियानविरुद्घ गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजायँ दिए । भ्यालेन्टाइन पादरी जेलमा छँदा जेलरकी छोरी नै भेट्न आइरहन्थिन् । मृत्युदण्ड पाउनु केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षर गरेको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका अर्थात् जेलरकी छोरीलाई थमाए । भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइयो । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो ।
यसै अवसरमा रामधुनीभासि ३ कान्छि चौक स्थित रहेको महिमा डिर्पामेन्टले गिफट आईटम र अन्य आईटममा पनि बिशेष छुटको ब्यवथा गरीएको प्रोप्राईटर भरत कार्कीले बतउनु भयो । सो डिर्पामेन्टमा नयाँ नयाँ आकर्षक गिफटहरु ,गुलाफका फुलहरु ल्गायत अन्य गिफटहरु सुपथ मुल्यमा बिक्रि बितरण भईरहेको कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen