झुम्का,माघ २० । राष्ट्रिय प्रजातन्त्र पार्टि रामधुनीभासी नगरको बुधवार अधिवेसन सम्पन्न भएको छ । झुम्कामा भएको अधिवेसनबाट रामधुनीभासी वडा नं १० मानपुरका दिपनारायण चौधरी सर्वसहमतिले अध्यक्ष पद्मा निर्वाचित हुनु भएको छ ।
नयाँ कार्यसमितिमा २१ सदस्य रहनेगरी अधिवेसनबाट गठनगरीएको हो । कार्यक्रममा पुर्व प्रधानपञ्च शिवनारायण चौधरीको सभापतित्वमा भएको कार्यक्रममा महा मन्त्रि नरेन्द्र चौधरीको उपस्थितरहेको थियो । त्यसैगरी केन्द्रिय सदस्य शुरेस आचार्य,प्रेम प्रसाद भट्टराई,जिल्ला अध्यक्ष रोहित बहादुरकार्कीको उपस्थिती रहेको थियो ।