झुम्का,माघ २० । कोशी अञ्चल स्तरीय सौन्दर्य प्रतियोगीता मिस कोशि २०१७ अन्तर्ग सिजन थ्रिकालागी प्रजिता चौधरीले भोटकालागी अनुरोध गरेकी छिन् । मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा बिराटनगरमा भईरहेको मिस कोशि २०१७ मा मिस पपुलरको उपाधिकालागी चौधरीले भोटकालागी अनुरोध गरेकी छिन् । सिजन थ्रिकालागी प्रजिता चौधरी मिस कोशी कन्टेस्टेन्ट नम्बर २३ मा रहेकी छिन् ।
प्रजिता चौधरी रामधुनीभासि वडा नं. २ झुम्काकी स्थानिय वासिहुन् । चौधरीलाई भोटकालागी मोबाईल मार्फत म्यासेज बक्समा गएर एम.के. एसपेस २३ टाईपगरी कोड नं. ३३००१ मा सेन्ड गर्दा सिधै प्रजिता चौधरीलाई भोट हुने छ ।त्यसैगरी तपाईले युटुबबाट पनि भोटिङ्ग गर्न सकिने छ । युटुबकालागी मिस कोशी २०१७ कन्टेस्टेन्ट नम्बर २३ प्रजिता चौधरी टाईप गर्दा आएको भिडियोमा लाईकगरी भोट दिन सकिने छ । भोट अहिले खुल्ला गरीएको छ । तपाईको एक भोट मुल्यवानको नारा सहित थारु महिला उत्थान समाजले भोटकालागी अभियान चलाईरहेको छ । मिस पपुलरको उपाधिकालागी प्रजिता चौधरीलाई सबैले भोटगरी जिताउनकालागी उत्थन समाजकी अध्यक्ष सिता चौधरीले पनि अनुरोध गरेकी छिन् ।