ईटहरी,माघ १६ । नेपाल प्रेस युनियन शाखा सुनसरीले आज ईटहरीमा पुर्वाञ्चल क्षेत्रिय भेलाबाट १४ पत्रकारहरुलाई सम्मान गरेको छ । नेपाल पत्रकार महाँ संघ सुनसरी शाखाको नव सदस्य प्राप्त गर्न सफल सुनसरीका १४ पत्रकारलाई पुर्व सञ्चार मन्त्रि मिनेन्द्र रिजाल तथा प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्रि सिग्देलले सम्मान गरेको हो ।
शाखा सुनसरी र पुर्वाञ्चल क्षेत्रिय समितिको संयुक्त आयोजनामा भएको कार्यक्रममा रेडियो रामधुनीका चार पत्रकार सुनिल चौधरी,नबिन चौधरी,बिनिसा चौधरी र श्रवण चौधरी सम्मानित भएको हो । पत्रकारीताको क्षेत्रमा निरन्तर क्रियासिल भई जनताको सु–सुचित हुने अधिकार प्रति सजकताका साथ लागेको र पत्रकारीता सम्बन्धि आफनो ब्यक्तिगत बिकास गरेको भन्दै पत्रकारीता क्षेत्रमा थप सफलताको कामना गर्दै सम्मान गरेको हो । त्यसतै सम्मान हुनेमा ईटहरीको नमस्ते एफ एमका कृयाशिल पत्रकार तथा पत्रकार महाँ संघका नयाँ सदस्य एडमन पराजुलि,बिन्य कोईराला र अर्जुन गुरागाई लगायत १४ पत्रकारहरु सम्मानित भएको शाखा सुनसरी अध्यक्ष गणेश निरौलाले जानकारी दिनु भयो । नयाँ सदस्यहरुलाई पुर्व सञ्चार मन्त्रि रिजाल, प्रेस युनियनका केन्द्रिय अध्यक्ष सिग्देल,पत्रकार महाँ संघ पुर्व केन्द्रिय अध्यक्ष धमेन्द्र झाँले कार्य सपलताको सुभकामना दिनु भयो । कार्यक्रम पुर्वाञ्चल क्षेत्रिय संयोजक लिलाबल्लव घिमिरेको सभापतित्वमा समपन्न भएको छ ।