झुम्का,माघ १४ । नेपाल चलचित्र संघको पुर्वाञ्चल कार्यसमितिमा रामधुनी नगरपालिका झुम्काका पर्शुराम चौधरी सर्व सहमतिले सचिवमा चयन हुनु भएको छ । चलचित्र संघ केन्द्रियको यहि माघ ११ गते हेटौडामा भएको ४४ औ साधारणसभाबाट चौधरी सचिवमा निर्वाचित हुनु भयो ।
संघको पुर्वाञ्चलमा पाँच कार्यसमिति रहेको छ । नेपालि चलचित्र तुलनात्मकरुपमा खस्कि रहेको अवस्थामा गुणस्तिरीयकालागी अगाडी बढने सचिव चौधरीले बताउनु भयो । चलचित्र मार्फत नेपाली संस्कार संकृति उत्थानको प्राथमिक्ता,स्थानिय भाषा र कलाको समावेसिकरण गर्दै चलचित्र संघ अगाडी बढने बताउनु भयो ।
चौधरी दुई दर्जन भन्दा बढि थारु भाषाका चलचित्रमा अभिनय, निर्माता निर्दैशन, गरीसक्नु भएको छ भने नेपाली भाषाका बलिदान लयागतका चलचित्रमा अभिन्य गरीसक्नु भएको छ । थारु भाषाको पहिलो फिलम करम पर्शुराम चौधरीलेनै आफनै अभिनय, निर्माता निर्दैशनमा निर्माण गर्नु भएको थियो । यस फिल्मबाट उहाँलाई थारु भषा फिल्मका कलाकारितामै सबभन्दा बढि पुरस्कृत हुनु भएको छ ।