नबिन चौधरी
८ माघ,डुम्राहा । सुनसरी डुम्राहाको मनमोहक महिला साना किसान कृषि सहकारी संस्थाको सनिवार दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाको आ.ब २०७२/७३ प्रतिवेदन, बजेट विनियोजन, वार्षिक कार्य योजना प्रस्तुत गर्दै वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाकी प्रवन्धक लक्ष्मी कुमारी चौधरीले प्रतिवेदन प्रस्तुत गर्दै २०७२ साउन १ गते ंसुरुवात भएको संस्थाले रु ८ लाख ११ हजार निक्षेपगरी ६८ लाख ४ हजार ऋण प्रवाह गरेको जनाएको हो । संस्थामा आ.ब. २०७२/७३ मा रु ६८ हजार ९ सय नाफा भएको प्रतिवेदनमा उल्लेख रहेको छ । संस्थामा रु ७ लाख ६६ हजारको शेयर रहेको छ ।
संस्थाकी अध्यक्ष सोनिया थरुनीको सभापतित्वमा भएको कार्यक्रममा संस्थाको सबै भन्दा जेष्ठ शेयर सदस्य सिता देवी थरुनीको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथि संस्थाका सहजकर्ता महेन्द्र प्रसाद चौधरी, अतिथिहरु पकली साना किसानको प्रवन्धक दिलिप कुमार चौधरी, लेखा परिक्षक मोहन कुमार रौनियार विभिन्न संघसंस्था तथा पार्टिका पदाधिकारीहरु लगायत शेयर सदस्यहरुको उपस्थितिमा सम्पन्न भयो । कार्यक्रम संचालन संस्थाका कर्मचारी भुपेन्द्र चौधरीले गर्नु भयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen