मुना थापा
८ माघ झुम्का । समेरु कला सरोवर परिवारले अन्तर बिध्यालय वाईवाई नाटक उत्सव २०७३ सुनसरीमा गर्न लागिएको छ । नाटक बिधाबाट समाजमा पार्ने प्रभावलाई उजागरकालागी अभियान चलाउने उधेश्यले माघ २८ गते देखि ईटहरीमा उत्सव गर्नलागे हो ।
उत्सवकालागी संस्थाले बिभिन्न चरणमा नाटक प्रयोगात्मक प्रशिक्षण बिभिन्न स्थानमा गरीरहेको छ । यसैक्रममा रामधुनीभासिको झुम्कामा तिन दिने प्रयोगात्मक प्रशिक्षण सनिवार सम्पन्न गरेको छ । झुम्काको पेरीफेरीमा १९ बिध्यालयबाट ६५ जनालाई तस्रो चरणको कार्यक्रम सम्पन्न गरेको संयोजक युवराज लुईटेलले जानकारदिनु भयो । पहिलो चरणको भने प्रकाशपुर गाबिस देखि बराह क्षेत्र गाबिस सम्मका निजी तथा सामुदायीक बिध्यालयहरुबाट प्रशिक्षण गराएको छ भने दोस्रो चरणमा ईटहरी खनार र तरहरामा सञ्चालन गरेको छ । त्यसैगरी माघ १५ गते सम्ममा धरान,ईनरुवा तथा दुहबीमा प्रशिक्षण गराउने जनाएको छ ।
नाटक बिधा शिक्षाको पाठयक्रम्म समावेस भएता पनि नाटकको प्रयोगात्मक पक्ष दिन प्रतिदिन न्युन हुदै गईरहेकोहुदा यस बारेमा प्रचार प्रसार तथा समाजमा महत्व दर्शाउन उत्सवनै मनाउने तायारी भईरहेको संयोजक लईटेलले बताए ।
प्रशिक्षणकालागी मुख्य प्रशिक्षकमा बरिष्ठ लेखक तथा निर्दैशक बद्री अधिकारी,सहायक प्रशिक्षकमा राजिन श्री आचार्य र सुरभी सापकोटा साथै प्रबिधि संयोजनमा सन्तोष गौतम र कार्तिक राजवंशी रहेको छ ।