सुनिल चौधरी
झुम्का । झुम्का जेसिजले सुक्रवार ११ औ पदस्थापन तथा पुरस्कार वितरण समारोहबाट सन् २०१७ कालागी जेसी प्रकास चन्द बस्नेतलाई अध्यक्ष पदमा पदस्थापन गरेको छ । सन् २०१६ का अध्यक्ष जेसी राजेन्द्र न्यौपानेले बस्नेतलाई कार्यभार हस्तान्तरण गर्दै सपथग्रहण गराउनु भयो । शान्ति सुशासनकालागी युवा नेतृत्व भन्ने मुलमन्त्रका साथ अगाडि बढेका युवाहरु नेतृत्व भित्र पनि नेतृत्व खोज्ने जेसिज अभियानमा अन्तर्गत झुम्का जेसिजको पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।
सोही क्रममा जेसी बस्नेतले बर्ष २०१७ का सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । बर्ष २०१७ को महा सचिवमा रविन बराल त्यसतै उपाध्यक्षमा जेसी अनिल लिम्बु, जेसी बिनोद कोईराला, बिकास बिष्ट,बलराम चौलागाई रहनु भएको छ ।
कार्यक्रममा जेसिजका उत्कृष्ट सदस्य तथा बिभिन्न क्षेत्रमा योगदान दिएका जेसी बिकास बिष्ट,जेसी बिनोद कोईरालालाई सम्मान गरेको हो । त्यसैगरी सामुदायीक बिधयालयबाट एस.एल.सी.मा छात्रा तर्फ उत्कृष्ट बिध्यार्थी मधुकुमारी चौधरी र छात्र तर्फ सतिष चौधरीलाई नगद रु दुईहजार पाँच सयका दरले दुवैलाई सम्मान गरेको हो । आर्थिक अवस्था कमजोर भएकाहरुलाई समेत कम्बल बितरणगरीएको छ ।