सुनिल चौधरी
पौष २७ झुम्का । रामधुनीभासी नगरपालीका अन्तर्गत स्थानिय बिपद जोखिम ब्यवस्थापनका उधेश्यले बुधवारबाट झुम्कामा दुई दिने तालिम सुरुभएको छ । नगरमा बिभिन्न कारणले आईपर्ने बिपद जोखिमहरुको न्युनिकरण र प्रभावितलाई राज्यबाट उपलब्ध गराउने राहत बितरण सम्बन्धि तालिम सुरुभएकोे हो ।
नगरपालीकाको सहकार्यमा वलर्डभिजनको सहयोगमा युथ क्रिएशन सुनसरीले भुकम्प,आगलागी,बाढी तथा दुर्घटनाबाट हुन सक्ने बिपद जोखिमले बालबालिका,बृदबृदा,महिला, आपाङ्गता भएकाहरु बढि प्रभावित हुने भएकाले उनीहरुलाई उद्धार र राहतमा प्राथमिक्तामा राख्नुपर्ने सम्बन्धि सरोकारवाहरुलाई तालिम दिईरहेको छ । नगरमा भईरहेको बिपद जोखिम ब्यवस्थापनमा अहिले सितलहरबाट बच्नकालागी नगरपालिकाबाट जनचेतना जगाउने,कम्बल बितरण लगायतकाबारेमा सामाजिक बिकास शाखा प्रमुख हर्षलाल चौधरीले बताए । तालिममा बिपद जोखिम ब्यवस्थापन नगर समितिका सदस्य,स्थानिय राजनीतिकदल, नगरपालीकाका कर्मचारीहरुगरी ३५ जना सहभागी रहेको छ भने अशोक वाग्लेले सहजिकरण गरी रहनु भएको छ । तालिम झुम्का रेडक्रसको भवनमा भईरहेको छ ।