Photo3032झुम्का २७ । लोप भईरहेको थारु परम्परागत संस्कार संस्कतिका सामाग्रीहरु पहिचानकालागी थारु महिला उतथान समाज रामधुनीभासीले गर्न लागेको तिनदिने माघी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रामधुनीभासी वडा नं. २ जितमहान चौकमा हुन गईरहेको माघी महोत्सव २०७३ को तयारी अन्तिम चरणमा पुगेको आज बुधवार पत्रकार सम्मेलनगरी जानकारी गराएको हो ।
महोत्सवको बारेमा आम जनतामा सुचना प्रवाहकालागी उत्थान समाजकी अध्यक्ष सिता चौधरीले पे्रसबिज्ञप्तिको बारेमा जानकारी गराउदै बहुसांस्कृतिक,बहुधार्मिक देश नेपालको संस्कार,संस्कृति संरक्षण तथा एकता र सद्भाव कायम गर्नकालागी महोत्सव मनाउन गईरहेको बताएकी छिन् । पे्रसबिज्ञप्ति अनुसार महोत्सवको पहिलो समुद्धघाटनकादिन पौष २९ गते आदिवासीहरुको भेषभुषा सहित झाँकी झुम्का बजार परिक्रमा तथा प्रदर्शनि र स्थानिय कलाकारहरुको प्रस्तुतिकरण रहने । दोस्रो दिन माघ १ गते संस्कार संस्कृति झल्किने नृत्य प्रतियोगीता तथा नामचलेका डान्स सेन्टरबाट बेजोड नृत्य प्रस्तुती हुने । तेस्रो दिन थारु फिल्मी कलाकार तथा गायकहरुको प्रत्यक्ष गायन तथा कला प्रस्तुति हुदै समाजका प्रतिष्ठित ब्यक्तित्व र स्रष्टाहरुलाई सम्मान गर्दै समापन गर्ने जनाएको छ । महोत्सवमा १५ ओटा स्टलहरुमा संग्राहलय, थारु परिकारहरु बिक्रि बितरण र ब्यवसायीक रुपले ब्यापारीहरुको पसल राखिने भएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै कानुनी सल्लाहकार तथा थाकस पुर्व जिल्ला अध्यक्ष रामराज चौधरीले थारुहरुका बिभिन्न परिकार तथा सामाग्रीहरुको प्रदर्शनिले पहिचान बढने र संरक्षणकालागी समुदाय आफै अग्रसर हुने बताउनु भयो । लोप भईरहेको थारु परम्परागत,कला, संस्कार संस्कतिका सामाग्रीहरु संरक्षण गर्नु नै पहिचान संरक्षण हुने बताउदै नगरपालिकाका प्रतिनिधि हर्षलाल चौधरीले महोत्सव सफलताको कामना दिनु भयो । सल्लाहकार रामकुमारी चौधरीले थारुहरुले खाने चिचरीभात,बिवाहमा प्रयोग गर्ने खरखरीयालगायतका सामाग्रीहरु लोप भइरहेकाले संरक्षणकालागी अब महिलाहरु जागरुक भईसकेकाले महोत्सवद्धारा गर्नलागेको बताईन । महोत्सव अवधिभर सुरक्षाकाली ईलाका प्रहरी पकलीमा पत्राचार गरीसकेको संस्थाकी कोषाध्यक्ष आशा चौधरीले बताईन । पत्रकार सममेलनमा स्वगत मन्तब्य उपाध्यक्ष बिमला चौधरीले दिएकी थिइन भने सञ्चालन सचिव रंजिता चौधरीले गरेकी थिईन । कार्यक्रममा सहजीकरण धिरेन्द्र चौधरीले गर्नु भएको थियो ।ं
नेपालीहरुको राष्ट्रिय महान पर्व माघि नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाँड भएकोले परम्परागत परिकार घोंगी,तिल र भुजाको लड्डु, बगीया, सिध्रा, भक्का,तिल मिसाईएका खिचडी भात, चिचरीभात,माछा लगायत घ्यु,चाकु,तरुल,फलफुल,पोषिलो तागतिलो परिकार खानाले शरीरमा गर्मीको मात्रा बढी जाडो संग लड्न सक्ने क्षमता अभिबृद्धि गरी शरीरमा शक्ति स्फुर्ति र ताजापन ल्याई चिसोबाट हुने छाला सम्बन्धि तथा अन्यरोगहरु नाश भई आरोग्य जिवन बिताउन यस चाँडले सहयोग पुरयाउँछ भन्ने ठुलो जनबिश्वास रहेको छ ।

  Photo3046Photo3031Photo3034 Photo3035 Photo3037 Photo3038 Photo3040Photo3043 Photo3041

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen