IMG_20170107_151702सुनिल चौधरी झुम्का । झुम्का उधोग बाणिज्य संघका महासचिव सुजित कुमार रायले भासिलाई नगरमा परिनत र झुम्का बजार बिस्तारमा रेडियो रामधुनी ९१.९ मेगाहर्जको ठुलो योगदान रहेको बताए । प्रयास सुचना संचार सहकारी संस्थाको सनिवार चौथो साधारण सभामा शुभकामना दिदै सो कुरा बताए ।गाबिस स्तर बाटनै सञ्चालित रहेको रेडियो रामधुनी अहिले रामधुनीभासि नगरपालीकाहुदा झुम्का बजार बिकास र नगर बिकासलाई मुद्धा उठानगरी सामाचार प्रसारण त्यसैगरी बजार ब्यवस्थापनमा पनि उल्लेख्य भुमिका खेलिरहेकाले रेडियोको योगदानकाबारेमा बताउदै रायले सफलताका शुभकामना गरे । सहकारीका अध्यक्ष रामकुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रममा गणतन्त्र एफ.एम.का अध्यक्ष सिवकुमार डागीले रेडियो रामधुनीले अबकादिनमा सामाजिक राजनैतिक र स्थानिय बिकासमा जोड दिनुपर्ने बताए । एमाले नगर प्रतिनिधि रामकरण खर्गाले संचार माध्यम ब्यक्तिको पछि नगई समृद समाजको निर्माणमा लाग्नु पर्ने बताए ।
त्यसतै समाजसेवि तेजनारायण चौधरीले रेडियोले स्थानिय सत्य, तथ्य सामाचार प्रसारण गरी छोटो समयमा जनतालाई सु–सुचित गराई जवाफ देहिता बनाईरहेको हुदा गाउँ, शहरमा लोकप्रियता बढिरहेको बताए । समाजसेवि केशिलाल चौधरीले सञ्चारको महत्व बताउदै आवाज बिहिनहरुको आवाज भएर उदाएको रेडियो रामधुनी अहिले सबैको रोजाई बनेको बताए । नगरको रेडियो रामधुनी गहनाको रुपमा रहेको बताउदै पहिलेको झुम्का र अहिलेको झुम्काको मुहार फेरीएकोमा रेडियोको योगदान साह्रनिय रहेको दिपनारायण चौधरीले बताए ।
कार्यक्रममा अध्यक्ष चौधरीले रेडियो रामधुनीको क्षमता बिस्तार गर्दै अनलाईनमा प्रसारणगरी देश बिदेशका स्रोताले समेत सुनिरहेको बताउदै देश र जनताको पक्षमा रेडियो प्रसारित रहने बताए । अहिले चलिरहेको राजनितिक गतिरोध अन्त्य गरी साँझा एजेण्डामा सहमतीले देश बिकासमा दलहरु लाग्नुपर्ने बताए ।

 IMG_20170107_113228 IMG_20170107_113241IMG_20170107_113307

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen