१९ पौष,झुम्का । रामधुनीभासि नगरपालिकाले सोमवार भब्य र तामझामका साथ तेस्रो नगरपरिषद संगै स्थापना दिवस सम्पन्न गरेको छ । अगामी आर्थिक बर्ष २०७४/७५ को अनुमानित आय १६ करोड १२ लाख ९ हजार पाँच सयको बार्षिक बजेट तथा कार्यक्रमहरु कार्यकारी अधिकृत प्रमोद चौधरीले सार्वजानिकिकरण गर्दै नगरपालिकाको स्थापना दिवस मनाएको हो ।
कार्यकारी अधिकृत चौधरीले बजेटको चालु खर्च तर्फ जम्मा १ करोड ७३ लाख पचास हजार , पुजिगत खर्च तर्फ ८ करोड ८८ लाख ५९ पाँच सय र सामाजिक सुरक्षा तर्फ ५ करोड पचास लाख रहेको बताउनु भयो ।
“कृषि उधममा आधारित हरित शहर स्वस्थय समृद पर्यटकिय रामधुनीभासि नगर”को नारासहित संस्कृती पर्यटन तथा पुर्व नागरीक उडयन मन्त्रि माननिय श्री भिम प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा तामझाम साथ भब्य रुपमा तेस्रो नगरपरिषद सफल भएको उपस्थित नगरवासिले बताए ।
कार्यक्रम उपस्थित प्रमुख अतिथी आचार्यले नगर बिकासकालागी र राजनितिक बिवादका बारेमा बोलनु भयो । रामधुनी बिकासकालागी गुरु योजना आबश्यक रहेको बताउदै समय सामयीक बिषयमा एक बर्षमा तिन तहको निर्वाचन हुने दाबि गर्नु भयो । बिकासको काममा सुस्त भएकाले निर्वाचन हुनु आवश्यक रहेको बताए ।
कार्यक्रबाट नगरमा योगदान दिएकाहरुलाई सम्मान समेत गरेको छ । नगरपालिकाले कामको उच्च मुल्यांकन गर्दै नगरपालिकाका कर्मचारी रबिन ठाकुर,सान्तोना भटराई र रामकुमार मरिकलाई नगद रु ५ हजारले सम्मान गरे । त्यसैगरी जेष्ठ नागरीक,उपभोक्ता समिति,पुर्ण रसफाई टोल संस्था,जग्गादाता,नागरीक वडा मञ्च,छिटो जन्म दर्ता गराएका,करदाताहरुलाई सम्मान गरे । कार्यक्रममा सभासद कल्पना चौधरी,तारा नाथ निरौला जाकिर हुसैन,केशिलाल चौधरी,धर्म निरौलाले मन्तब्य राखनु भयो । कार्यक्रम सञ्चालन नगरपालिकाका सामजिक बिकास शाखा प्रमुख शर्षलाल चौधरीले गर्नु भयो ।
बार्षिक योजना नीति तथा कार्यक्रम सार्वजानिकिकरण नगरवासिलाई प्रत्यक्ष जानकारीकालागी रेडियो रामधुनीबाट प्रत्यक्ष प्रसारण १२ बजे देखि आपरान्ह ५ ३० बजे सम्म ५ घण्टा गरेका थियो ।