15873229_936173083183712_8998800481077407691_n (1)सुनिल चौधरी
१९ पौष,झुम्का । रामधुनीभासिले सोमवार सार्वजानिक गरेको बजेट भादगाउँ सिनुवारी बहुमुखि क्याम्पस प्रमुख सुधिर कुमार चौधरीले बजेट बिनियोजन साकारात्मक रहेको भन्दै खुसि ब्यक्त गर्नु भएको छ । रामधुनीभासीको एक मात्र स्नातक तहको क्याम्पसलाई स्तर उन्नतीकालागी नगरपालिकाको ध्यान गएकोमा चौधरीले साकारात्मक रहेको बताए ।
नगरको पुर्वाधार बिकास र शैक्षिक गुणस्तर बृद्धि गर्नकालागी नगरपालिकाको तेस्रो नगरपरिषबाट भासि बहुमुखि क्यापसकालाई १० लाख रकम बिनियोजन गरेको हो । कार्यकारी अधिकृत प्रमोद चौधरीले आगामी आ.ब. २०७४/७५ को अनुमानित बजेट ,निति तथा कार्यक्रम प्रस्तुत गर्दै क्यापसलाई सो रकम बिनियोजन गरेको बताए । अगामी आर्थिक बर्षको अनुमानित बार्षिक बजेट १६ करोड १२ लाख ९ हजार पाँच सयको प्रस्तुतगरीएको छ ।
स्थानिय निकाय पुनर संरचना प्राबिधिक सहयोग समितिले स्थानिय निकाय अन्तर्गतका गाउँपालिका र नगरपालिकाहरुमा पुर्वाधारको हिसाबले अनिवार्य रुपमा गाउँ बिकासमा प्लसटु,नगरपालिकामा स्नातक तह,उपमहानगरपालिका मास्टर डिग्री सम्मको क्याम्पस हुनुपर्ने अनुसार रामधुनीभासि नगरमा पुर्वाधार बिकासकालागी भासि बहुमुखि क्यापसलाई सो रकम बिनियोजन गरेको हो ।
नगरपालिकाले छुट्याएको रकमबाट क्याम्पस सञ्चालनार्थकालागी धेरैनै सहयोग पुग्ने क्याम्पस प्रमुख चौधरीले बताए । भासि माध्यमिक बिध्यालयकै भवनमा सञ्चालन गर्दै आएको क्याम्पसको आफनै निजि जग्गा र भवनको खाँचो रहेको समेत बताए । सार्वजानिक भएका यस निति तथा कार्यक्रममले बाल मैत्रि नगर बनाउन थप सहयोग मिल्ने बताउदै उपलब्धिमुलक रहेको बाल संरक्षण सम्बद्र्धन उप समितिका नगर संयोजक राजकुमार चौधरीले बताए । लक्षित बर्गबाट बालबालिका संरक्षणकालागी नगरपालिकाले १५ प्रतिशत बजेट दिने कार्यक्रममा रहेको छ । अदिवासि जनजाती महाँ संघ नगरका अध्यक्ष राजकुमार चौधरीका अनुसार समग्रमा निति तथा कार्यक्रम साकारात्मक रहेको बताए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen