१६ पौष,झुम्का । रामधुनीभासि २ स्थित रहेको हक्राहा खोलाको पुल मुनि सनिवार बिहान साईकल सहित एक ब्यक्ति मृतफेला परेको छ । झुम्का बजार देखि एक किलोमिटर पुर्व सुनसरी मोरङ सिचाई मुल नहर बाटोको पुलमुनि भासि ४ का ४२ बर्षिय तुलाराम चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यलय पकलीले जनाएको छ ।
नयाँ भादगाउँ टोल पुर्व नजिकै रहेको सो खोलामा चैधरीको सव सुन्निएको र कठ्याङग्रीएको अवस्थामाहुदा मृत्यु सुक्रवार रातिनै भएको अनुमानगरीएको छ । पुलको करीब १५ फिट तल थोरै पानीमा ढुङ्गाहरु रहेका छन् । राति साईकलमा आउने क्रममा पुलबाट लडेर मृत्यु भएको हुन सक्ने जनाएको छ । मृतकको टाउको फुटेको र सरीरमा चोेट पटकलागेको जनाएको छ ।
ईटहरीमा रंग पेन्टिङ्गका कामगर्दै आएका चौधरी सुक्रवार राती सोहि नहरको बाटो हुदै घर आउने क्रम्मा घटना भएको हुनसक्ने स्थानियहरुले बताएका छन् । सव नजिकै रहेको साईकलमा सागका मुठा रहेकोहुदा हाट बजारगरी फर्किदा घटना घटेको हुन सक्ने समेत एक स्थानियले बताएको छ । लोहनी गाउँको पुर्व नहरमा भने प्रत्येक सुक्रवार बजार लाग्ने गरेको छ । बिहानै सव स्थानियहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले मुचुल्का उठाई परिवारलाई जिम्मा लगाएको प्रहरी कार्यलय पकलीका प्रमुख शान्तराम कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen