१२ पौष,झुम्का । युथ क्रिएशन सुनसरीले सोमवार झुम्का चौकमै गरेको रक्तदान कार्यक्रममा पचपन्न पिन्ट रगत संकलन गरेको छ । पुर्वमा रगत अभाव भईरहेको बेला रक्तदान जिवनदान र महादानको नारालाई आत्मसाथ गर्दै रक्तदान कार्यक्रम सञ्चालन गरेको अध्यक्ष जितेन्द्र शाहले बताए ।
रक्तदानबाट मानिस स्वस्थय रहने र नयाँ रक्त उतपादनले मुटु स्वस्थय हुनुका साथै दिर्घायु हुने धरान ब्लड बैङ्कका संयेजक सुवास चन्द्र सिंहले बताए । झुम्केश्वर मन्दिर अगाडी चोकमै सम्पन्न रक्तदान कार्यक्रममा ११ जना महिलाले रक्तदान गरेका थिए भने प्राबिधिक सहयोग रेडक्रस सोसाईटी धरानको रहेको थियो ।