सुनिल चौधरीPhoto2963
११ पौष,झुम्का । रामधुनीभासि नगरपालिकाले संगीतद्धारा पर्यटन प्रर्वद्धन गर्न लागेको छ । रामधुनीभासि लगायत सुनसरी जिल्लाकै बर्णनगरी पर्यटन क्षेत्र बिकासकालागी ६ वटा सांगीतिक अडियो तयार पारेको शाखा प्रमुख हर्षलाल चौधरीले बताए ।
सुनसरीका बिभिन्न रमणीय स्थान,पर्यटक स्थल,धर्म,संस्कृति, मठ मनिदर,जातजातिको भेष, भुषालाई समेटेर तयार पारेको गीतमा सुनसरी क्षेत्र नं. २ का पुर्व सभासद धर्मराज निरौलाको रचना,रामधामीको संगीत रहेको छ । पौराणीक धार्मिक स्थल रामधुनी मन्दिरलाई बिभिन्न माध्यमद्धारा प्रचार प्रसार गर्नसकेमा रामधुनीभासि लगायत छिमेकी गाबिस र नगरपालिकामा पर्यटन क्षेत्र बिकासभई अन्तराष्ट्रियमै परिचित हुने रचनाकार निरौलाले बताए । सुनसरी बिभिन्न जातजातीको बिबिधता जिल्ला भएकोले गीतमा सबै जातजातीको संस्कृतिलाई जोडदिदै थारुको पौराणीक धुम्रानाच,घोगी खाएको त्यसैगरी नेवार,राई, लिम्बु,लाखेनाच लगायका संस्कृति समावेस भएका छन् । गीतहरुको अडियो बनाउने काम सबै पुरा भै सकेको र म्युजिक भिडियो समेत तयार भईसकेको संगीतकार धामीले बताए । दृश्यकालागी धुम्रानाचको छायाँकन सिवनगरमा गरीएको थियो । पर्यटक आकर्षणकालागी बनाएको ६ ओटै गीतको अडियो र भिडियोलाई परिषदबाट बिमोचन हुने नगरपालिकाले जनाएको छ ।

 

दृश्यकालागी शिवनगरमा धुम्रानाचको छायाँकन हुदै

Photo2971

Photo2984Photo2982Photo2974Photo2980Photo2983

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen