सनिल चौधरी
११ पौष,बक्लौरी । नेपालीहरुको राष्ट्रिय महान पर्व माघे संक्रान्तिको अवसरमा सुनसरीको बक्लौरीमा दुईदिने माघि महोत्सव मनाउने भएको छ । उठु थारु, जागु थारु, हक अधिकारकेलेल् एक भ्याके लडु थारु नारा सहित संस्कार संस्कृति संरक्षणकालागी माघ १ र २ गते मनाउने कार्यक्रम संयोजक बिजयकुमार चौधरीले बताए ।
थारु कल्याण कारीणी सभा बक्लौरी गाउँ इकाई समितिको आयोजनामा हुन गईरहेको महोत्सवको आकर्षकहरुमा थारु कला संस्कृतिमा रहेको परम्परागत सामाग्रीहरुको प्रदर्शनि,थारुहरुको बिभिन्न परिकारका स्टलहरु,पौराणिक र आधुनिक नृत्यहरु त्था नाटक प्रस्तुती,थारु भेष भुषा झल्किने झाँकी प्रदर्शनी लगायतका बिबिध कार्यक्रम गरीने संयोजक चौधरीले बताए । बक्लौरी ३ आदर्शमाबिको प्राङ्गनमा हुने सो महोत्सव बिहान १० बजे देखि सुरु गर्ने जनाएको छ । थारु कल्याणकारीणी सभा केन्द्रिय सचिवालय संयोजक राजकुमार लेखिको प्रमुख आतिथ्यतामा सञ्चालन हुने समेत आयोजक समितिले जनाएको छ ।