५ पौष, लोहनी । ईटहरीको लोहनी स्थित करारमा जग्गा लिएर तिन वर्ष देखि सञ्चालन गर्दै आएको एक कृषि फर्ममा जग्गा धनिबाटै क्षत्ति बेहोर्नु परेको छ । सम्झौता सक्नु भन्दा अगाडीनै हटाउन खोज्ने जग्गाधनि गौतम चौधरीले डकैती शैैलिमा आएर भुरुक्वा कृषि फर्मलाई क्षत्ति पुरयाई लुटपाट गरेको फर्मका प्रोप्राईटर शैलेन्द्र चौधरीले हाम्रा सहकर्मी मुकेश चौधरीलाई बताए ।
फर्ममा रहेका कामदारलाई जग्गा धनीले सोमवार दिउँसो ४ बजे धम्किदिदै आफनो जग्गाबाट फर्मलाई हटाउन भन्दै त्याहा रहेका सामाग्रीहरु लुटपाटगरी खोरलाई समेत भत्तकाएको कामदार श्री राम मुखियाले बताए । मुखियाका अनुसार सुत्ने खाट,कुखुरालाई खुवाउने भाडा,तिरपाल लगायतका सामााग्रीहरु लगेको त्यसैगरी बिजुलीको तार र ईन्भटरको तार समेत चुडाई दिएको मुखियाले जानकारी गराएका छन् । मुखिया र देवकी मुखिया श्रीमान् श्रीमती दुवैजना सो फर्ममा काम गर्दै आएका हुन् ।
ईटहरी १५ लोहनीमा एक बिगहा जमिन शैलेन्द्र चौधरीले साझेदारीमा तिन बर्ष अगाडी स्थानिय गौतम चौधरी संग सम्झौता गरीएको थियो । सो एक बिगाहा जग्गामा ब्यवसायीक तरकारी खेती, फर्ममा बाख्रापालन,कुखुरापालन गदै आएका थिए । सम्झौता अगावै फर्मलाई क्षत्ति पुरयाई हटाउन खोज्ने र लुटपाटगर्ने जग्गा धनी चौधरीलाई कारवाहिकालागी माग गर्दै स्थानीय प्रहरी बिट लोहनीमा जाहेरी दिएको हाम्रा सहकर्मि मुकेश चौधरीले बताए ।