४ पौष,सुनसरी । आप्रवासन दिवस २०१६ को अवसरमा मंगलवार आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सुनसरीद्धारा विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रमको आयोजना तथा संगठन विस्तार गरेको छ ।आप्रवासी कामदार हक हित संरक्षण केन्द्र, सुनसरीको आयोजनामा सुनसरीको दुहवी भलुवा नगरपालिकामा आप्रवासन दिवसको शुभ अवसरमा अन्र्तक्रिया कार्यक्रम गरी सम्मपन्न गरिएको हो ।
कार्यक्रमहरुमा राजनीतिक दल प्रतिनीधिहरु, स्थानिय सरोकारवाला संघ संस्था प्रतिनीधिहरु लगायत बुद्धिजीवि, यूवा, विद्यार्थी संगै आप्रवासी कामदार र तिनका घरपरिवारका सदस्यहरुको सहभागितामा आप्रवासी कामदार दिवस २०१६ को विश्लेषण तथा सुरक्षित वैदेशिक रोजगारीको अवसर र चुनौती विषयमा अन्र्तक्रिया गरी नगर कमिटि, आप्रवासी कामदार हक हित संरक्षण केन्द्र, दुहवी भलुवा सुनसरी र गाउँ कमिटि, आप्रवासी कामदार हक हित संरक्षण केन्द्र, नरसिंह सुनसरी पनि विस्तार गरेको छ । गठित नगर कमिटि आप्रवासी कामदार हक हित संरक्षण केन्द्र, दुहवी भलुवा सुनसरी समितिको अध्यक्ष धन्नजयचौधरी,उपाध्यक्ष रिणा सरदार,सचिव संतोषकुमार चौधरी कोषाध्यक्ष गिता मामmी,सह–सचिव सषित मामmी रहेका छन् । त्यसैगरी गाउँ कमिटि आप्रवासी कामदार हक हित संरक्षण केन्द्र, नरसिंह सुनसरीको समितिमिा अध्यक्ष राजीव कुमार मेहता, उपाध्यक्ष जैनुन, खातुन ,सचिव अमर देव मेहता ,कोषाध्यक्ष सीतादेबी राम,सह सचिवमा पशुपति रहेका छन् ।