सुनिल चौधरी
Photo2939२ पौष, झुम्का । रामधुनीभासिको दलित बस्ति रहेको परिचय टोल बिकास संस्था सनिवार पुर्ण सरसफाई वातावरण मैत्रि घोषणा भएको छ । वडा नं. १ स्थित रहेको सो टोल बिकासलाई बिभिन्न चरणको अनुगमन पश्चात सनिवार नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख हर्षलाल चौधरीले टोल बिकासका अध्यक्ष राजु शाहलाई सरसफाईको प्रमाण पत्र हस्तान्तरणगरी घोषणा गरेको हो ।
पुर्ण सरसफाई घोषणा भएको यस टोल बिकासमा बिगतको समयमा भासि गाबिसको सबै भन्दा फोहोर बस्ती र जनसहभागीताको हिसाबले निकै पछाडी परेको टोल रहेको थियो । कुनै तालिम र गोष्ठिमा सहभागीता हुदा आफनो परिचय दिन समेत गाह्रो मान्ने टोलवासीलाई नगरपालिका,वल्र्डभिजन,युथ क्रिएशन सुनसरी र लक्षित बर्गको बिभिन्न कार्यक्रमले गर्दा जागरुक भई टोल वासिको वानीब्यवहारमा क्रमिक सुधार हुदै सरसफाईमा सचेत भई हाल सम्पुर्ण घरधुरिले ५+१ सुचक पुरागरी घोषणा गर्न सफल भएको सचिव रबिन्द्र ठाकुरले बताए । कार्यक्रममा ४ जना जेष्ठ नागरी गुर्जी देवि सरदार,रामनिहोर ठाकुर,मैन्कु सरदार र सुखलाल सरदारलाई प्रमुख अतिथी सामाजिक बिकास शाखा प्रमुख चौधरीले दोसल्लाह ओढाई सम्मान गरे भने सरसफाईमा उत्कृषट घर परिवार जितनलाल सरदारलाई सम्मान गरे । सो टोल बिकासमा दलितमा सरदार,ठाकुर, शाह,बिक र आदिवासी थारु सहित ६२ घर धुरी रहेको छ ।
घोषणा कार्यक्रममा अतिथीहरुले दलित बस्तिको हिसाबले परिचय टोल सरसफाई हुदा नगरपालिकाकै उदाहरणिय र नमुना टोल भएको बताए । कार्यक्रममा जितेन्द्र शाह,दिलिप कुमार चौधरी,संकरलाल चौधरी,बलराम आचार्य,एकनाथ निरौला लगायतका अतिथीहरुले शुभकामना दिएका थिए ।

Photo2940  Photo2928 Photo2929 Photo2930 Photo2933 Photo2937 Photo2938Photo2927

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen