सुनिल चौधरी
३० मंसिर,रामधुनीभासी । रामधुनीभासीले नगर बिकासकालागी आवधिक नगर बिकास योजना ल्याउने भएको छ । अबको २० बर्ष सम्ममा नगरमा बिकासका योजनाकालागी गर्नुपर्ने कार्यक्रमहरु गुरु योजना सहितको रणनीति तयारी गर्न लागीएको हो । नगरपालीकामा बिकासकालागी कुनै गुरु योजना नभएकाले नगरको भौतिक पुर्वाधार बिकास,वातावरण संरक्षण,समाजिक, बित्तिय, आर्थिक,संस्थागत बिकासकालागी गुरु योजना सहितको योजना रणनिती तयारी गर्न लागीएको सामजिक बिकास शाखा प्रमुख हर्षलाल चौधरीले बताए । चौधरीका अनुसार यस सम्बन्धि आवश्यक तालिम संचालनगरी मुल समिति र बिषयगत समिति समेत गठनगरी सकेको बताए । भौतिक तथा भौतिक पुर्वाधार बिकास उप समिति त्यसैगरी वातावरण,सामाजिक पुर्वाधार बिकास तथा सेवा,आर्थिक बिकास,संस्थागत बिकास उप समितिहरु गठनगरीएको छ । गठित उप समितिहरुले योजनाहरुको पहिचानगरी बिभिन्न चरणको छलफल पश्चात कार्यक्रमहरु निर्दैशक समितिमा जिम्मालगाई रणनीतिको अन्तिम रुपदिने छन् । यसकालागी बिहिवार समितिहरुको कामकर्तब्य र अधिकारका बारेमा सहजकर्ता तारानाथ निरौलाले सहजिकरण गरेका थिए ।