Photo2889सुनिल चौधरी
२६ मंसिर,ईनरुवा । जिल्ला कृषि बिकास कार्यालय सुनसरीले आज आईतवार प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना कार्यक्रम बजेट सार्वजानिकीकरण गरेको छ । आर्थिक बर्ष २०७३÷७४ मा प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना सञ्चालनकालागी ६ करोड ८६ लाख ९७ हजारको बजेट सार्वजानिकीकरण गरेको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले परियोजनाका कार्यक्रमहरु नितिसंगतले चल्नुपर्ने बताए । योजनामा कर्मचारीले किसानलाई कामैनगरी भुक्तान गरेको भेटिए दुवैलाई सजायको भागीदार हुने बताए । त्यसैगरी पौडेलले राजनितीककर्मि नेताहरुको आग्रह पुर्वाग्रहमा नलागी किसानहरु उत्पादनमा लाग्नु पर्ने बताए ।
परियोजना अन्र्तगतका ३ वटा सम्भागहरु ब्लक, जोन र सुपरजोनमा कृषकहरुलाई थप उत्पादन बृद्धिमा प्रोत्साहित गर्न अधिराज्यका ७५ वटै जिल्लामा लागु गरेको छ । सुनसरीमा कृषकहरुलाई उतपादनमा सहयोगकालागी धान उत्पादन,मत्स्य पोखरी निर्माण, जोनमा कस्टम हायरिङ्ग सेन्टर स्थापना कृषि खेतीको साथै सिंचाई प्रयोजन र पशु चिकित्सा सम्बन्धि उपकरण तथा मेशिन औजार, बेसार उत्पादन साना सिंचाई निर्माण तथा मर्मत संभार,कृषि प्राविधिक शिक्षालय स्थापना÷संचालन सहयोग लगायत अन्य उत्पादन बृदिका कार्यक्रमहरु रहेको बालिबिकास अधिकृत दिपेन्द्र पोखरेलले प्रस्तुतिकरण गर्दे बताए ।
त्यसैगरी पोखरेलले जोनस्तरका परियोजना अभिमुखिकरण, सहभागितात्मक व्यवसायिक उत्पादन तथा प्रशोधन प्रविधि प्रदर्शन तथा स्थलगत तालिम, स्थलगत प्रयोगशाला सेवा माटो, बिउ र बाली संरक्षण सेवाका कार्यक्रमहरु रहेको बताए । बजेट सार्वजानिकीकरणमा कृषक,सामाजिक क्षेत्रका अगुवा,राजनितीक कर्मि,गैर सरकारी संस्थाका प्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Photo2887

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen