सुनिल चौधरी
२५ मंसिर,रामधुनीभासी । रामधुनीभासीमा पुर्ण सरसफाई वातावरण मैत्री नगर घोषणाकालागी अगाडी बढिरहेको अवस्थामा दलितबस्ति रहेको परीचय टोलबिकास पुर्ण सरसफाई वातावरण मैत्री टोल घोषणा हुने भएको छ । दलित बस्तिमा प्राय आर्थिक अवस्था कमजोरका कारण जनचेतनाको अभाव साथै सरसफाईमा कमिकमजोरी भईरहेको अवस्थामा वडा नं. १ स्थित रहेको सो बस्तिका घरपरीवारले पाँच प्लस एक सुचक पुरागर्दै वातावरण मैत्री टोल घोषणा हुनलागेको सामाजिक बिकास शाखा प्रमुख हर्षलाल चौधरीले बताए ।
परीचय टोलबिकासमा दलितमा सरदार,ठाकुर, शाह,बिक र आदिवासी थारु सहितगरी ६२ घरधुरी रहेको छ । उनीहरुको आर्थिक अवस्था कमजोर भएपनि आफनै स्रोत र साधनबाट पुर्ण सरसफाईकालागी पुर्वाधारहरु जुटाएको सरसफाई सहजकर्ता रबिन ठाकुरले बताए । खानेपानी तथा सरसफाई स्वच्छता समन्बय नगर स्तरिय अनुगमन समितिको संयोजक सरस्वती पौडेलको अध्यक्षतामा सुक्रवार सो टोलमा अनुगमन गर्दा प्रत्येकघरमा सौचालय रहेको,सौचालय नियमित सरसफाई भएको,साबुनपानिले हाथधुनेबानि,सफा घरआँगन,सुरक्षितखानाको प्रयोग,सुरक्षित पानिको प्रयोग,बाटोघाटोको नियमित सरसफाई भएको पाईएको छ । सो टोलको पाँच घरमा भने ट्युवेलमा प्लेट नभएको पाउदा सम्बन्धित ब्यक्तिले दुई दिनभित्र बनाई सक्ने प्रतिबद्धता जनाएको छ । परीचय टोलमै सामुदायीक बिध्यालय सरस्वति निम्न माध्यमिक बिध्यालयमा खानेपानिकालागी फिल्टरको ब्यवस्था तथा कक्षा कोठा सफा रहेको पाईएको छ ।
नगरपालीकाले सरसफाईमा चाहिने पुर्वाधार लगायत स्थानियलाई जागरुककालागी युथ क्रिएशन सुनसरी,वल्र्डभिजन ईन्टरनेशनलको सहयोगमा पुर्ण सरसफाई वातावरण मैत्री रणनीतिक योजना लागुगरीएको छ । सो रणनीति अनुसार सन् २०१७ सम्ममा नगरका सबै टोल बिकास पुर्ण सरसफाई बनाई वातावरण मैत्री नगर घोषणा गर्नेमा लागेको हो । गाबिस समायोजन हुनुभन्दा पुर्व सिंगीया र भासि खुल्ला दिसामुक्त घोषणा भईसकेको छ भने नगरवासीहरुमा बिस्तारै नियमित सरसफाईमा ध्यान दिएको अवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen