Thakasa picसुनिल चौधरी

२४ मंसिर,ईटहरी । थारुकल्याणकारीणी सभा ईटहरी नगर अधिवेसन यहि मंसिर २५ गते हुने भनीएपनी बिभिन्न कारणले स्थगीत भएको छ । ईटहरीका सबै वडा इकाईहरु समयमा अधिवेसन हुन नसक्दा स्थगीत गर्नुपरेको आयोजक अधिवेसन समितिका संयोजक दुखिलाल चौधरीले बताए । संयोजक चौधरीका अनुसार अर्को निर्णय नभए सम्मकालागी स्थगीत गरीएको बताए ।
बिभिन्न गाबिस समायोजन गरेर ईटहरी उपमहानगरपालीकाहुदा प्रथम नगर अधिवेसन गर्नलागीएको थियो । थारुबाहुल्य भएको गाबिस एकम्बा,पकली,खनार र हाँसपोसालाई समायोजनगर्दा ईटहरीमा २६ वटा वडाहरु रहेको हुदा १६ वटा वडा ईकाईहरुमा मात्र अधिवेसन गर्नसकेको र बाँकि रहेका वडाको अधिवेसन पश्चात नगर अधिवेसन गर्ने जनाएको छ । ईटहरी उपमहानगरपालीकामा ३५ प्रतिशत जनसंख्या थारुहरुको रहेको छ । जिल्लाकार्य समितिमा भने नगर अधिवेसन स्थगितगरीएको कुनै जानकारी नभएको जिल्ला सचिव मनोज चौधरीले बताए । सचिव चौधरीका अनुसार स्थगितको आधिकारीक निर्णय हुनुपथ्र्यो त्यो निर्णय जिल्लामापनि खवर हुनु पर्ने बताए ।
त्यसैगरी रामधुनीभासी नगरपालीकामापनि थाकस नगर अधिवेसन गनुपर्ने देखिएको छ । भासि र सिंगीया गाबिस समायोजनबाट रामधुनीभासी नगरपालीका भईसक्दापनि नगर अधिवेसनको कुनै चासो देखिएको छैन् । अहिले दुवै गाबिसको थाकस समिति अन्योलमै रहेको छ । भासि र सिंगीयाको साबिक प्रत्येक वडाहरुमा संख्याको अधारले थारुहरुकै बढि जनसंख्या रहेतापनि अधिवेसनको चासो समेत नहुदा थारु संस्कार संस्कृतिका कार्यक्रमहरुपनि थाकसबाट रामधुनीभासीमा अन्योलमै हुने गरेको छ । २०७२।७३ थरुहट थारुवान अन्दोलनमा पुर्व सुनसरी रामधुनीभासीको झुम्काबजारबाट सुरुभई बृहत रुपलिएको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen