सुनिल चौधरी
२३ मंसिर, रामधुनीभासी । रामधुनीभासी ३ स्थित रहेको श्री पञ्चायत माध्यमिक विध्यालय पिप्राहामा बुधवार विध्यालय ब्यवस्थापन समिति गठन भएको छ । अभिभावक र शिक्षक भेलाले देवनाराण चौधरीको अध्यक्षतामा ९ सदस्य रहनेगरी समिति गठन भएको हो । बिध्यालयकै प्राङ्गनमा भएको सो भेलाले शिक्षक अभिभावक संघ समेत गठन गरेको छ । संकर चौधरीको अध्यक्षतामा ११ सदस्य रहनेगरी संघ गठन भएको बिध्यालयका प्राधानाध्यापक अनन्तलाल चौधरीले बताए ।