IMG_20161126_122906सुनिल चौधरी
झुम्का, १२ मंसिर /थारु पत्रकार संघ सुनसरी जिल्ला कार्यसमितीद्धारा झुम्काका चार क्रियाशिल पत्रकार एक कार्यक्रम बिच सम्मानित हुनुभएको छ। समाज परिवर्तनको सवालमा कलम चलाएको र पत्रकारीता पेशामा सफलताको कामना गर्दै रामधुनीभासि झुम्का स्थित रहेको रेडियो रामधुनीका चार क्रियाशिल पत्रकार सम्मानित भएको अध्यक्ष कुलदिप चौधरीले बताए । सम्मानित हुनेमा सुनिल चौधरी,बिनिसा चौधरी,श्रवण चौधरी र नबिन चौधरीलाई प्रमुख अतिथी रामराज चौधरीले सम्मान गरेको हो ।
समाजमा रहेका बिकृति बिसंगतीको सवालमा मुद्धा उठानगरी राष्ट्रि तथा स्थानिय पत्रपत्रिकामा प्रकासन भएको लेख, रचना लेखककार छबि चौधरीलाई समेत सम्मान गरीएको छ । थारु पत्रकार संघले अयोजना गरेको सञ्चारकर्मि सम्मान तथा अधिकारबारे अन्तरकृया कार्यक्रममा उपस्थित अतिथीहरुले अबका दिनमा समाज,राष्ट्र र राष्ट्रियताकालागी सत्य तथ्य समाचारमा कलम चलाउन सम्मानीत पत्रकारहरुलाई शुभकामना दिए । संबिधान पुर्ण हिन्दु बर्णबिन्यासमा आधारीतमा रहेको भन्दै यसलाई सन्सोधन गर्नै पर्ने कार्यक्रमका प्रमुख अतिथी कानुन ब्यवसायी राममराज चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नु भयो । उहाँले पत्रकारले आफनो धर्म बिपरीत सामाचार सम्प्रेशन नगर्न समेत आग्रह गर्नु भयो ।
संबिधान बिभेदकारी रहेको कार्यक्रममा उपस्थित आदिवासि जनजाती महाँ संघका जिल्ला उपाध्यक्ष तेजनारायण चौधरीले बताए । उहाँले मौलिक हक केहि आएपनि पहिचानको कुरा आउन नसकेको बताए । आदिवासिहरुलाई राज्यले बारम्बार ठगदै आएकोले पत्रकारहरुले खोजिगरी थारुलाई राज्यले ठगीगरेको हो, होईन निश्पक्ष पत्ता लगाउनु पर्ने तेजनारायण चौधरीले बताए । राष्ट्र मिडियाहरुले थारुहरुको अधिकारलागी आज देखि होईन ३० बर्ष पहिले देखि स्थान नदिएको कलाकार पत्रकार पर्शुराम चौधरीले बताए । ३० बर्ष देखि पत्रकारीता गर्दै आएको चौधरीले आफुले संकलनगरेको थारुको दर्दबेदनाका फुटेज समेत प्रसान गर्न नचाहेको बताए । उहाँले पत्रकार स्वतन्त्र भए मात्र अधिकारकाबारेमा बाहिर ल्याउन सक्ने बताए । कार्यक्रममा संकरलाल चौधरी,केसीलाल चौधरी,हेमनारायण चौधरी,हरिनारायण चौधरी,सुसिला चौधरी,जितन चौधरीले शुभकामना दिएका थिए । कार्यक्रममा अतिथीहरुलाई नबिन चौधरीले स्वागत गरेका थिए भने कार्यक्रमको उधेश्यका बारेमा पत्रकार धिरेन्द्र चौधरीले जानकारी गराएका थिए ।

15233667_1860618784157044_581983473_o15228023_1860619054157017_290573412_n

IMG_20161126_145631 IMG_20161126_124243 IMG_20161126_125259 IMG_20161126_133702 IMG_20161126_134204 IMG_20161126_140348 IMG_20161126_141125 IMG_20161126_143236

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen