सुनिल चौधरी
बक्लौरी, ८ मंसिर /बक्लौरीको पञ्चायनमा दोस्रो रामलाल चौधरी स्मृति फुटवल प्रतियोगीता आज बुधवार देखि सुरु भएको छ । पाँच वर्ष अघि निधन भएको रामलाल चौधरीको स्मृतिमा बल्लौरी फुटवल कल्वको अयोजनामा सुरु भएको संयोजक तिर्थ बस्नेतले बताउनु भयो ।
पञ्चायनको सामुदायीक खेलमैदानमा आज सम्पन्न उद्धघाटन खेलमा आयोजक बक्लौरी फुटवल क्लव रातोले डिटिसि तरहरालाई टाईब्रेकरबाट पराजित गर्दै जित निकालेको छ । खेलको निर्धारित समयमा दुई दुई गोलले बराबरि भएपछि टाईब्रेकरबाट नतिजा निकालेको हो । टाईब्रेकरमा ३–२ गोल अन्तरले आयोजक बक्लौरी फुटवल क्लव रातोले जितेको हो । आजको खेलमा गोलकिपर अभिषेक खडका म्यान अफदि म्याच भएको छ ।
प्रतियोगीतामा १४ टिमको सहभागी रहेका छन् । खेलतालिका अनुसार समुह ए मा डिटिसि तरहरा,बक्लौरी फुटवल क्लव रातो,जे.जे वाई.सि ईटहरी,महेन्द्र फुटवल क्लव,झुम्का फुटवल क्लव,बराहा ११ चतरा,एकता क्लव बिराट चौक रहेका छन् । समुह बी मा एभरेष्ट क्लव भरौल,धरान क्लव,राष्ट्रिय जागृति क्लव ईटहरी,योन्ग लर्डबुद्ध तरहरा,साफिर क्लव धरान,एस.एफ.सि सान्तिनगर र बक्लौरी क्लव निलो रहेका छन् । फाईनल खेल २१ गते हुने छ ।
भोलीको खेल एभरेष्ट फुटवल क्लव भरौल बिरुद्ध धरान फुटवल क्लव बिच प्रतिस्प्रधा हुने आयोजकले जनाएको छ ।