PRAKASH BABU BHATTAप्रकाश बाबु भट्ट
वल्र्ड भिजन इन्टरनेशनल नेपाल

झुम्का, मंसिर / जिन्दगीका मोडहरु फेरि एक पटक सिधा हुने भैदिइएत भनी सोच्नु मूर्खता नै हो । यस्तै मूर्खताको संकेत कहिले काही म आफू भित्र पनि पाउन थालेको छु । कारण मानव इच्छा न हो जुन कुराको आफू स“ग अभाव छ त्यही कुरा प्राप्तिको मोह । यसलाई स्वभाविकै माने हुन्छ, कहिले का“ही । जिन्दगीको यात्रामा मोड तथा घुम्ती त हुन्छ नै तर थोरै घुम्ती भेट्टाउनेलाई सौभाग्यशाली नै मान्नु पर्छ क्यारे । यही मोड पनि कसैलाई कति सहज हुन्छ त कसैलाई कति गाह्रो सायद यसैलाई भाग्यको लेखा न हो भनी ठान्नु बेश होला ।
सुनेको त थिए सम्बन्ध र समयको गतिले समय स“गै कोल्टे फेर्ने गर्छ रे तर म भने यस कुरा माथि शंका गर्ने मुडमा छु । सायद यो मेरो आफ्नै बाध्यता हुनुपर्छ । हुनत मान्छेको एउटै कुरालाई भोग्ने आ–आफ्नो तरिका हुन सक्छ र त्यसै आधारमानै उसले निष्कर्ष निकाल्न बाध्य हुन्छ । जसको लागि जिम्मेबार तत्व प्रत्येक व्यक्ति लाई नै ठान्दछु र म बसेको ठा“उ समाजलाई पनि । हुन त म त्यो भन्न चाहन्न आफ्नो समाजको केही तत्वहरुसँग डुवेर हराउने गर्दिन भनेर । म प्रेम गर्छु आफूलाई र आफ्नो समाजलाई अक्तन आफ्नो कमम थलोलाई । धेरै दिन अनि रात पनि बिताएको छु यो ठाउँमा । साँच्चै भन्नुपर्दा मेरो लागि त्यो ठाउँसँग एउटा अटुट र अनवरत सम्बन्ध छ र सधै रहिरहने छ । किनभने मैले त्यस ठाउँ बाट आत्मियता पाएको छु र विश्वास पाएको छु तर पनि त्यसभित्र छुचुन्द्रो पस्ने डर भने लागि रहेको छ । हो म धेरै चोटी घाइते भइसकेको छु घर भित्रकै छुचुन्द्रोबाट हो म भित्र कुनै निरास छ वा ठूलो घाउ भएको छ म भन्दिन तर पीडाको कमी छ पनि म भन्न सक्दिन किनकी परिवार स्वयं र समाज घाइते छ र बनाइएको छ । यो पनि भन्न मिल्छ सर्प सर्प नै लडी रहेछन् । त्यस बीचमा कोहि त बच्चा सँगको माया“ जोगाउन कोहि त सबै थोक बिर्षन नतमस्त हुन सक्छ कुनै दिन त्यो खेलाडी अर्थात् त्यो छुचुन्द्रो जुन स्नेहता र परिवर्तनको संवहाकसँग । कसरी सम्झाउ म आफ्नो भावानात्मक अनी आत्मिय सम्बन्धको त्यो छुचुन्द्रोलाई । यदी औषधी भए घोटेर पिलाई दिने थिए अनी पिउन मान्ने भए पनि हिचकिचाउने थिइन्, आफ्नो कर्तव्यबाट नै डगमगाउने थिइन् म त अफसोच विश्वासको कमी छ त्यो खेल छुचुन्द्रो अर्थात् खेलाडीसँग । हो खेलाडी मैले जित्नै पर्छ भने घमण्डका साथ कुकृत्य गर्दैछ उसलाई थाहा छैन कुनै दिन म डग ्मगाउने छु र घृणित बन्ने छु हुन त एकचोटी घृणित बनिसकेको खेलाडी अर्कोचोटी हुन आपत्ति हुन्न नै सायद उ त्यही सोचमानै होला । यहाँ निर्दोषीलाई छ्यापिएको छ हिलो । ऊ खुशी छ उसको यो घृणित कार्यस“ग, ओठमा खुशीको ह“सो, मानसपटलमा कुविचारको पाला साथै त्यसमा मिसिएको तालिकोझन्कार जसमा त्यो खेलाडी र खेलाडीले बनाएको अर्को तेश्रो खेलाडी एकै साथ । तर त्यो निर्दोष, अनि निश्कपट भावनाहरु पीडित छन् । ती कोमल मनका आँखाहरुबाट वेदनापूर्ण आँसु अविरल रुपमा खसिरहेको छ । हो छोटो जीवनको अति कहाली लाग्दा घुम्तीहरुमा त्यो व्यक्ति, परिवार र देश माथि घिन लाग्दो घात गरेको छ त्यो लेख खेलाडीले । सायद त्यो व्यक्ति, परिवार र यो देश ले कुनै जूनीमा महापाप गरेको थियो होला ।
आज एउटा परिवार गाउँ अनि देशको स्थिति नै यस्ते छ । पीडित पीडित नै छ । त्यसैले आज म त्यस्ता लेख लेखाडी र खेलाडीको पछि लाग्ने त्यो तेश्रो खेलाडी जुन आफ्नो घर परिवार र समाज बिर्गादै छ र यो जोड्न चान्छु देश पनि त्यस्तैले बिर्गाछै छ । यदि क्ततनीहरुले यस कुरामा समर्थन जुटाउन चाहान्छन् भने भावनात्मक सम्बन्धमा सुधार ल्याई पारिवारिक जीवन सहज गराउन चाहन्छन् भने मन्दिरको ढोका खुल्ला छ र मूर्तिले स्वागत गरी रहेको छ । मन्दिर मन्दिरकै रुपमा राख्नको लागि ।
तिमीले माया गर्ने हरेक चिज एक दिन तिमीबाट खोसिने छ त्यसैले म भगवानको हातमा चढाउन चाहान्छु त्यो व्यक्ति, परिवार अनि समाज र देशलाई दुर्गन्धित पार्ने र व्यक्तिगत फाइदा लिने प्रयासमा लागेका सम्पूर्ण अधर्मी व्यक्तिहरुलाई ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen