सुनिल चौधरी
भेडेटार, ७ मंसिर /पुर्ण सरसफाई सम्बन्धि सुनसरी र मोरंगका प्रशिक्षकहरुलाई सिप र क्षमता बिकासकालागी प्रशिक्षण तालिम भेडेटारमा शुरु भएको छ । बिभिन्न सात गाबिस र एक नगरपालिकाबाट आएका प्रशिक्षकहरुलाई पाँच दिने पुर्ण सरसफाई सम्बन्धि तालिम सञ्चालन भईरहेको वल्र्ड भिजनका प्रतिनिधि प्रकास भट्टले रेडियो रामधुनीलाई जानकारी गराउनु भयो । तालिम मंसिर ४ गते देखि सुरु भई ८ गते सम्पन्न हुने छ ।
सहभागीहरुले आ–आफना गाबिस तथा नगरमा आधारभुत सरसफाई सम्बन्धि ज्ञान र आनिबानिमा परीवर्तन ल्याउने तथा समुदायमा सरसफाई प्रवद्र्धन गर्ने छन् । तालिममा सुनसरीबाट चार गाबिस र मोरंगबाट चार गाबिसका खाानेपानि तथा सरसफाईका ३३ जना प्रतिनिधिहरु सहभागी रहेका छन् । सुनसरीका रामधुनीभासि नगरपालिका,चान्दबेला गाबिस,मधैली र मधेशा त्यसैगरी मोरंगका शिसवनीबडहरा,डंग्राहा,लखन्तरी र झोराहाट गाबिसका पुर्ण सरसफाई सहजकर्ताहरुको सहभागी रहेको छ ।
सुनसरीको रामधुनीभासि नगरपालिकाले भने पुर्ण सरसफाई वातावरण मैत्री रणनीतीक योजना २०७२ कार्यन्यनमा लागुगरी सकेको छ । नगरपालिकाले स्न २०१७ सम्ममा पुर्ण सरसफाई वातावरण मैत्री बनाउने लक्ष्य अनुसार पाँचवटा टोल बिकासलाई घोषणा गरिसकेको छ । पाँच दिने तालिमको प्रशिक्षकमा जनक गिरी र डम्बर बिष्टले प्रशिक्षण दिईरहेको छ भने सहकार्य युथ क्रिएशन सुनसरी,वल्र्ड भिजन ईन्टर नेशनल नेपाल र एम.डि.एस नेपालको रहेको छ ।