Photo2810सुनिल चौधरी

रामधुनीभासि, ५ मंसिर/ पाँचौ अन्तराष्ट्रिय बालदिवशको अवसरमा आईतवार रामधुनीभासीमा मा.बि. स्तरीय बकतृत्वकला प्रतियोगीतागरी मनाएको छ । नगर बाल संरक्षण सम्बद्र्धन उप समितिको आयोजनामा“बाल विवाह अन्तय गरौ” बिषयकमा बकतृत्वकला प्रतियोगीता सम्पन्न गरेको कार्यक्रम संयोजक प्रदिप खनालले बताए ।
प्रतियोगीतामा पञ्चायन माबिका सृजन खतिवडा प्रथम , नमुना सामुदायीक स्कुलका सिर्जना अधिकारी दोस्रो, र्यापिड बोर्डिङ्ग स्कुलका अनुराधा चौधरी तेस्रो र जनता माबि सिंगीयाकी स्मारिका कटवाल सान्तवना हुन सफल भए । क्रमश उनीहरुलाई नगद रु एक हजार पाँच सय,एक हजार,सात सय र पाँच सय तथा सिल्ड सहित सम्मान गरेको छ । प्रतियोगीतामा बिभिन्न बिध्यालयबाट आठ जनाको सहभागी रहेको थियो । रामधुनीभासिमा पुरुष भन्दा पनि महिलाहरुको बालबिवाह धेरै भईरहेकाले जनचेतनाकालागी यसबर्ष “बाल विवाह अन्तय गरौ” भन्ने नारा सहित बालदिवश मनाएको नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख हर्षलाल चौधरीले बताए । आधारभुत घरधुरी सर्वेक्षण २०७३ अनुसार वडा नं.३ मा ९९ सय जना,वडा नं.६ मा १० जना र वडा नं. १० मा ५ महिलाको बालबिवाह भएको चौधरीले बताए । बालबिवाहहुने महिलाको औषत उमेरमा चौध बर्ष देखि १६ बर्ष सम्म रहेको जनाएको छ ।
उप समितिका संयोजक राजकुमार चौधरीको सभापतित्वमा भएको सो प्रतियोगीतामा प्रमुख अतिथी जिल्ला बालकल्याण समिति सुनसरीका अध्यक्ष जगदिश ओली,स्थानिय राजनितिकदलबाट केशिलाल चौधरी त्यसैगरी संघ संस्था,शिक्षक,बिध्यार्थिहरुको उपस्थिती रहेको थियो । सहयोग नगरपालिकाको रहेको थियो ।

Photo2804Photo2803

Photo2807

Photo2811

Photo2813

Photo2814

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen