एकम्बा, १ मंसिर /समा चखेवा पर्वको अवसरमा सोमवार एकम्बाका महिलाहरु सामुहिक रुपमा समाचखेवा महोत्सव २०७३ कार्यक्रमगरी मनाएको छ । ईटहरी उप नगरपालिका वडा नं. १५,१६, र १७ का महिलाहरु संयुक्त वडा कार्यलय एकम्बाको प्राङ्गनमा बिबिध कार्यक्रमगरी मनाएको हो ।
भषा संस्कृतिको संरक्षण, समाचखेवाको सम्बद्र्धनको नारा सहित सितल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको सो कार्यक्रममा बिभिन्न गाउँटोलबाट समाचखेवा लिएर आएका टोलीहरुले बिबिध कार्यक्रम प्रस्तुत गरेका थिए । उनीहरुले थारु संस्कार, संस्कृतिमा रहेको धुम्रा नृत्य, पौराणीक लोक गीत,समा चखेवा प्रदर्शनि,कथा वाचन,संस्कृति झल्किने खालका आधुनिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक रमेश चौधरीका अनुसार थारु संस्कृतिमा रहेको समा चखेवा पर्व लोप भईरहेको अवस्थामा यसलाई संरक्षण,सम्बद्र्धनकालागी आयोजना गरेको बताउनु भयो । यसलाई युवा पुस्तामा निरनतरताकालागी र उनीहरुमा जागरुत्ताकालागी समेत आयोजना गरेको चौधरीले बताउनु भयो । कार्यक्रम अनारबती थरुनीको सभापतित्वमा भएको सो कार्यक्रममा कारीचन चौधरीले कथा वाचन गरेका थिए भने कार्यक्रम रामनारायण चौधरी र लक्ष्मि चौधरीले सञ्चालन गरेका थिए ।