Photo2777पकली, १ मंसिर / थारु महिला सभा पकली एकाई समितिले आज बुधवार समा चखेवा पर्वको अवसरमा भब्य रुपमा भागी समाचखेवा सांस्कृति कला कार्यक्रम सम्पन्न गरेको छ । महिला सभा जिल्लाका सभापति शुसिला चौधरीको प्रमुख आतिथ्यतामा समाचखेवा सास्कृतिक कला कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्र्रममा बिबिध थारु कला,पौराणीक गीत,धुम्रनाच,समाचखेवा प्रदर्शनि र आधुनिक थारुभाषाका गीतमा नृत्य प्रस्तुत गरीएको थियो । प्रमुख अतिथी शुसिला चौधरीले तराई महिलाहरुको यो पर्वलाई निरन्तरता दिई सबैले संरक्षण र प्रवद्र्धन गर्नु पर्ने बताईन । चौधरीका अनुसार परम्परागत रुपमा खेल्दै आएको यो समा चखेवा हामिले सिख्यौ र अबका दिनमा यो भाविपिढिले निरन्तरता दिन सकोस भनेर संरक्षणकालागी यो पर्व मनाएको बताईन । पकली एकाईका अध्यक्ष सुनरबतिको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा था.क.स ईटहरी नगर समितिका अध्यक्ष दुखिलाल चौधरी, पकली एकाईका नि. बर्तमान सभापति महेश चौधरी,थारु महिला उत्थान समाज रामधुनीभासिका अध्यक्ष सिता चौधरी, हाँसपोसाका चौठीलाल चौधरी, राजनितिक कर्मि भगवानलाल राय लगायतका बक्ताले थारु संस्कारमा रहेको यो पर्व सबै निकाय स्थानबाट संरक्षण हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रम पकली टिकुलिया टोल स्थित तिनकुने चौकमा सम्पन्न भएको हाम्रा सहकर्मी पकलीबाट निर्मला चौधरीले बताईन ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen